News Portal

  • अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ मंसिर २०८०
    ६९३ पटक
    sakimana punhiभक्तपुर, ११ मंसिर २०८०

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो ।

    नजिकको ईष्ट देवको मन्दिर आगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको आकृति बनाउनु यस पर्वको विशेषताको रुपमा रहेको छ । सोमबार भक्तपुरका प्राय सबै मन्दिर आगाडी स्थानीयले श्रद्ध भक्तिपूर्वक नसाबजी बाट देवीदेवता बनाएर प्रदर्शन गर्ने र भजन किर्तन सकिएपछि त्यही नसाबजी लाई प्रसादको रुपमा ग्रहण गरेका छन् ।

    ऋतु अनुसारको अन्न देवीदेवतालाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । अन्नकै भगवानको आकृती बनाएर अन्नप्रतिको उच्च सम्मान प्रकट गर्ने पर्वको रुपमा रहेको मकिमना पुन्हीले किसान र उत्पादनको महत्व उजागर गरेको महिला नेत्रीसमेत रहेकी श्रद्धालु सरिता श्रेष्ठ बताउछिन ।

    यो पर्वको अवसरमा बनाइने अन्नको देवीदेवता हेर्न श्रद्धालुको मात्र नभई पर्यटकको पनि चासो रहने गरेको छ । ‘को भन्दा को कम’को शैलीमा स्थानीयबीच यस्तो कला प्रदर्शनको अघोषित प्रतिस्पर्धा नै हुने गरेको चाँगुनारायण उद्योग बाणिज्य संघका अध्यक्ष र श्रद्धालु श्रीभक्त कासिछ्वाले जानकारी गराएका छन् ।

    नेपाल भाषामा सकिको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो भने पुन्ही भनेको पूर्णिमा हो । यस अर्थमा सकिमना पुन्हीको अर्थ पिडालु उसिनेर खाने पूर्णिमाको रुपमा पनि परिचित छ । प्रत्येक वर्ष कातिक शुक्ल पूर्णिमाका दिन यो पर्व घरघरमा पिडालु उसिनेर खाई मनाउने प्रचलन रहेको स्थानीय बिकुलाल बताउछन ।

    उसिनेको पिँडालुले शरीरलाई न्यानो गराउने पनि भएकोले यो पर्व बिज्ञान सम्मत भएको संस्कृतिविद ओम धौभडेल बताउछन । जाडो याममा शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खान यो पर्वले सन्देश दिएको उनले दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...