News Portal

  • भक्तपुरमा शुक्रवार वाइसिएलले ‘घिन्ताङ्ग घिसी ट्वाक्क’ प्रदर्शन गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ भदौ २०८१
    ४७४ पटक
    भक्तपुर, ६ भदौ २०८१

    गाईजात्रामा दुई लठ्ठी जुधाएर गरिने खेल/नृत्य घिन्ताङ्ग घिसी ट्वाक्कप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पनि आकर्षण बढेको छ । यसै आकर्षणका कारण माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर नगर समितिले शुक्रवार घिन्ताङ्ग घिसी प्रदर्शन गर्ने भएको छ ।

    सोमबार साँझबाट शुरु भई ८ रात ९ दिन सम्म मनाइने भक्तपुरको गाईजात्राको आकर्षण घिन्ताङ्ग घिसी ट्वाक्क पनि हो ।

    शुक्रवार दिउँसो १ बजे भनपा-९ स्थित नवदुर्गास्थानबाट घिन्ताङ्ग घिसी शुरु हुने वाईसीएलका भक्तपुर नगर अध्यक्ष बिकास लाखेले बताए । नवदुर्गास्थानमा सम्यबजी लिएर शुरु गरिने घिन्ताङ्ग घिसीले नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको वाइसिएल नगर इन्चार्ज राज वाङ्गयोले जानकारी दिए । सो अवसरमा करिब ५ सय वाइसिएल सहभागी रहने र त्यसबाहेक पार्टीका अन्य नेताकार्यकर्ताको पनि सहभागीता रहने उनले बताएका छन् ।

    गाइजात्रा भक्तपुरको सांस्कृतिक सम्पत्ति भएको तथा त्यसको बिकास र प्रचारको लागि वाइसिएलको कार्यक्रमलाई पार्टीले सहयोग गरिरहेको नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष राकेश सुवालले बताए । सम्यबजी व्यवस्थापनको जिम्मा पार्टीले लिएको र अन्य सबै व्यवस्थापन वाइसिएलकै भएको उनको भनाइ छ । नगर कोषाध्यक्ष कृष्णमान बनमालालाई सम्यबजी व्यवस्थापनको जिम्मा दिइएको उनले जनाएका छन् ।

    घिन्ताङ्ग घिसीको लागि आवश्यक सम्पूर्ण तयारी सकिएको वाइसिएल नेता रोशन बासुकलाले बताए । यसको प्रचार संयोजकको जिम्मेवारी भने नगर उपाध्यक्ष अजय बासुकलाले पाएका उनले बताए ।

    वाइसिएलको घिन्ताङ्ग घिसी कार्यक्रम सभ्य र भब्य हुने वाइसिएल जिल्ला अध्यक्ष सरराज उप्रेतीले जनाएका छन् । त्यसैगरी यो कार्यक्रमले संगठनलाई चुस्त बनाउनुका साथै संस्कृतीप्रेम पनि बढाउने वाइसिएल जिल्ला इन्चार्ज नरेश रन्जितले बिश्वास व्यक्त गरेका छन् ।

    युवाहरुको उत्साहबाट अन्य जनवर्गीय संगठनले पनि सिक्नुपर्ने र एक अर्काको कार्यक्रमलाई उत्साह प्रदान गर्नुपर्ने माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुनिल गोठे बासुले बताएका छन् । गत वर्ष पार्टीले आयोजना गरेको यो कार्यक्रममा यस वर्ष वाइसिएलले काँध थापेको भन्दै उनले सन्तोष व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...