News Portal

  • भक्तपुरमा वाइसिएलको घिन्ताङ्ग घिसी (फोटो फिचर)

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ भदौ २०८१
    ६३१ पटक
    भक्तपुर, ८ भदौ २०८१

    भक्तपुर गाईजात्रामय छ । भक्तपुरमा दर्जनौं समूह घिन्ताङ्ग घिसी ट्वाक्कको तालमा नाच्दै गाइजात्रा जारी रहेको संदेश दिईरहेका छन् । सोमबार साँझदेखि शुरु यो पर्व ८ रात ९ दिन लामो समयसम्म चल्ने गर्दछ । घिन्ताङ्ग घिसी ट्वाक्कले यो अवधीभर भक्तपुरको आकाश गुञ्जयमान हुने गर्दछ भने धरती मुस्कुराईरहन्छ ।

    दुई लठ्ठी जुधाएर गरिने परम्परागत खेल/नृत्य घिन्ताङ्ग घिसी ट्वाक्क मनमोहक र आनन्ददायक छ । यस प्रति विशेषगरी युवाहरुको रुझान बढी देखिन्छ । राजनीतिक दल नेकपा(माओवादी केन्द्र) का युवाहरुको संगठन वाइसिएल नेपालले पनि आफ्ना युवाहरुलाई घिन्ताङ्ग घिसीमा जोडेर पर्वको खुशी साटेको छ । शुक्रवार वाइसिएलको भक्तपुर नगर समितिले आयोजना गरेको घिन्ताङ्ग घिसी नाचमा युवाहरु उत्साह र उमंगसहित दिन खोलेर नाचेका छन् ।

    आफ्ना नेताहरु पनि साथ् दिन आएपछि उनीहरु अझै हौसिएका देखिन्थे । नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज दिलिप प्रजापति, बागमती प्रदेश सभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ त्यसैगरी अर्का केन्द्रीय सदस्य डिपी ढकाल उनीहरुलाई साथ् दिन नगरमा ओर्लिए ।

    वाइसिएलको घिन्ताङ्ग घिसी कार्यक्रममा प्रमुख आकर्षणका केन्द्र भने सिन्धुपाञ्चोक १ बाट संघीय सांसद निर्वाचित माओवादी केन्द्रका प्रखरवक्ताको पहिचान बनाएका नेता माधव सापकोटा सुवोध रहेका थिए । उनले नेवा:संस्कृतीमा रमाइरहेका वाइसिएल र पार्टीका नेताकार्यकर्ताको तालमा ताल मिलाउदै साथ् दिए ।

    संविधान सभा सदस्य उमा कपाली र सत्यलाल मूल, प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ भावना त्यसैगरी नेताहरु सुरेश न्यौपाने, युवराज आचार्य, रामलाल न्हेम्हाफुकी लगायत दर्जनौ नेताहरुको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

    शुक्रवार दिउँसो ३ बजे भनपा-९ स्थित नवदुर्गास्थानबाट शुरु घिन्ताङ्ग घिसीले ३ घण्टा लगाएर नगर परिक्रमा गरेको थियो । सो अवसरमा करिब ५ सय वाइसिएल र त्यसबाहेक पार्टीका अन्य नेताकार्यकर्ताको पनि उल्लेखनीय सहभागीता रहेको वाइसिएल नेता रोशन बासुकलाले बताएका छन् ।

    सहभागीहरु घिन्ताङ्ग घिसीमा मात्र सिमित रहेनन । उनीहरुले समसामयिक राजनीतिक, सामाजिक र आर्थिक लगायत विषयमा व्यंग्य पनि गरे । बिभिन्न कार्टुन र प्ले कार्ड मार्फत उनीहरुले वर्तमान केपी ओली सरकार भ्रष्टाचारको ढाकछोप गर्न बनेको बताए । यसको संयोजन वाइसिएल नगर उपाध्यक्ष अजय बासुकलाले गरेका थिए ।

    सयौंको मासलाई व्यवस्थित र सभ्य किसिमले संचालन गर्नु चानचुने कुरा होइन । अन्य समूह र बाटोका पैदल यात्रु र सवारी साधनलाई व्यवधान नहुने गरी मास मुभ भएको थियो । यसको जिम्मेवारी पाएका वाइसिएल नगर इन्चार्ज राज वाङ्गयो र नगर अध्यक्ष बिकास लाखे लगायतले सफलतापूर्वक मास मुभ गराएका जिल्ला अध्यक्ष सरराज उप्रेतीले जनाएका छन् ।

    गाइजात्रा भक्तपुरको सांस्कृतिक सम्पत्ति भएको तथा त्यसको बिकास र प्रचारको लागि वाइसिएलको कार्यक्रमले सहयोग पुर्याएको नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष राकेश सुवाल बताबताउँछन् ।

    गत वर्ष पार्टीले गरेको यो कार्यक्रममा यस वर्ष वाइसिएलले काँध थापेको भन्दै माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुनिल बासुले सन्तोष व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...