News Portal

  • मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, ३ असोज २०८१
    ८०७ पटक
    jibro chhedne jatraमध्यपुर थिमि, ३ असोज २०८१

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक यो जात्रा मनाउने गरिन्छ । बोदेमा बिस्का जात्राको अवसरमा नयाँ वर्षको दोस्रो दिन जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ भने इन्द्रजात्राको अवसरमा येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ दिगु टोलमा पनि यो जात्रा मनाइन्छ ।

    जात्राको प्रमुख आकर्षण भने जिब्रो छेडाउने व्यक्ति नै हुन् । बुधवार साँझ मध्यपुर थिमि-४ का स्थानीय विरेन्द्रभक्त गजू श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएका छन् ।

    दिगु टोलस्थित दिगु भैरवको सामुन्ने हजारौं जात्रालुलाई साक्षी राखेर बुधवार विरेन्द्रभक्तले जिब्रो छेडाएका हुन् । दिगुलीस्थित डवलीमा साँझ करिब सवा ८ बजे उनको जिब्रो छेडिएको हो । नकर्मीले एक महिना अघि निर्माण गरी शुद्ध तोरीको तेलमा डुवाएर राखेको करिव १० इन्च लामो नातु(सुईरो)बाट कमीनायोले विक्रमभक्तको जिब्रो छेडिदिए । विरेन्द्रभक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर लोप हुन लागेको जात्रालाई पुनर्जीवन प्रदान गरेका थिए ।

    सो ‘जिब्रो छेड्ने जात्रा’ हेर्न नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, बागमती प्रदेश सरकारका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर बिजय कृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रमुखहरु, संस्कृतीकर्मीहरु प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।

    जिब्रो छेडाई सकेपछि विरेन्द्रभक्तले बाँसले निर्माण गरिएको भ्यं (अर्ध चन्द्रकार महादिप) काँधमा बोकेर दिगुलीस्थित भैरवनाथलाई परिक्रमा गरी निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरेका छन् । थास्मा गणेश जिब्रो छेडाउने विरेन्द्रभक्तको इष्ट गणेश हुन् ।

    त्यहाँबाट भुलाँखेल, सिद्धिकाली मन्दिर, सानोथिमि, पेप्सीकोला, एअरपोर्टको उत्तरपुर्वको बाटो बाट गुहेश्वरी हुँदैं पशुपतिनाथको दर्शनका लागि पुगे । ४० किलो गह्रौ भ्यं (महादीप, अर्धचन्द्राकार बासले बनाइएको बस्तु)बोकेर उनी पशुपति पुग्दा उनलाई मध्यपुर थिमिको ठुलो जनसमुदायले पछ्याइरहेको थियो । सो अवसरमा स्थानीय सिवा सायमी खल: र मानन्धर युवा समुहबाट दुईवटा यांमता (ईन्द्ररुपी बत्ती)को पनि प्रदर्शन गरिएका थिए । सो अवसरमा मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय कृष्ण श्रेष्ठसहित जनप्रतिनिधि पनि सहभागी भएका थिए । नगर परिक्रमा र पशुपतिनाथको दर्शन गरी फर्कदा बिहानको ४ बजेको थियो । करिब ८ घन्टाको पैदल यात्रा गरिएको थियो ।

    जिब्रो छेदाएर पशुपति पुगेका विक्रमभक्तको जिब्रोमा नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे र पशुपति विकास कोषका पदाधिकारीले चाँदीको कचौरामा सुनको चम्चाले शुद्ध तोरीको तेल राखिदिएका थिए ।

    पशुपतिनाथको दर्शन गरी फर्केपछि जिब्रोबाट नातु(सुइरो) निकालेर बालकुमारी मन्दिरमा ठोकिएको छ । त्यसपछि जिब्रो छेडाउने विक्रमभक्तले मान्यजनबाट सगुन लिएका छन् । जात्राको भोलिपल्ट अर्थात, बिहीवार बिहान बालकुमारीमा विसर्जन पूजा भए संगै यस वर्षको जिब्रो छेडाउने जात्रा सम्पन्न भएको छ ।

    जात्रा सम्पन्न भएको खुशीयालीमा बिहीवार साँझ बालकुमारी मन्दिर परिसरमा हजारौं मानिस भोजमा सरिक हुने कार्यक्रम पनि रहेको मध्यपुर थिमिका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले बताएका छन् ।

    परापूर्व कालमा स्थानीयलाई दु:ख दिने एक राक्षसलाई सबै जनताले मिलेर कहिले नफर्किने गरी गाउँबाट लखेटेका र राक्षसको सांकेतिक प्रदर्शनी स्वरूप जिब्रो छेड्ने जात्रा मनाइने गरिएको किंवदन्ती रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...