सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रियाको केहि अंश : नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी...बाँकी
अनाथ तथा द्वन्द्व पिडित बालबालिकालाई आश्रय दिएकै नाममा धर्म परिबर्तन गर्ने गराउने अधिकार कसैलाई नभएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले बताएका छन् । मंगलवार महिला तथा बालबालिका कार्यालयको आयोजनामा अनाथालय अनुगमन गर्न निस्केका प्रजिअ...बाँकी
काभ्रे। जनप्रतिनिधी जनताको सुखदुखको साथी हुन्छ भन्ने आम विश्वासलाई तोड्दै बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीले स्थानिय एक व्यवसायीको पसलमा तोडफोड गरेका छन्। एक हुल यूवासंघका कार्यकर्ता लिएर गएका अध्यक्ष केसीले बनेपामा रहेको खानीखोला हार्डवेयरका प्रोपाइटर...बाँकी
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारी अदालतले उपस्थित हुन आदेश दिए पनि अदालत उपस्थित हुनु भएन । जिल्ला अदालत चितवनले गत फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको...बाँकी
सुन्दा बिस्वास नलाग्ला तर राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् भन्ने खवर आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । १, यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका...बाँकी
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको...बाँकी
मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्यो। कौशल्याले भनिन्, ‘बाढीले...बाँकी
कलाकार तथा धुर्मुस–सुन्तली फाण्डेशनका अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताएका छन् । मंगलबार भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला...बाँकी
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनित भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा २३ तथा नियमावली, २०६५ को नियम बमोजिम गठन हुने मानव बेचबिखन...बाँकी
भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् । १५ वर्षकै उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको...बाँकी