News Portal

  • महानगरकी मेयर दाहालको प्रस्ताव पाएपछि धुर्मुस् दङ्ग

    इभक्तपुर संवाददाताचितवन, २२ चैत
    ९६३ पटक
    चितवन, २२ चैत

    कलाकार तथा धुर्मुस–सुन्तली फाण्डेशनका अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताएका छन् ।

    मंगलबार भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताए । ‘जमिन अत्यन्तै राम्रो छ, रंगशाला निर्माणका लागि धेरै कुराहरु छन्, यो मैदान रंगशाला निर्माणका लागि उपयुक्त छ,’ उनले भने ।

    अहिले रंगशालाका लागि संभावित स्थानहरुको अवलोकन र निरीक्षण गरिरहेको भन्दै उनले छिट्टै स्थान छनौट गरिने बताए । ‘आईसीसीको रुल हामीले फलो गर्नुपर्छ, क्रिकेट टेक्निकल गेम भएकाले सबै अध्ययनपछि काम अघि बढाउँछौं,’ उनले भने ।

    भरतपुर महानगरपालिकाले गरेको जग्गा उपलब्ध गराउने निर्णय स्वागतयोग्य भएको भन्दै उनले खुशी व्यक्त गरे । महानगरपालिकाकी मेयर रेणु दाहालले फ़ाउण्डेशनलाइ निशुल्क जग्गा दिनुका साथै आवश्यक सबै सहयोग गर्ने भनेपछि धुर्मुस चितवन पुगेका थिए । उनले रंगशाला निर्माण समिति बनिसकेकोले सम्बन्धित निकाय, विज्ञ र प्राविधिकको राय सल्लाह सुझाव अनुसार नै रंगशाला निर्माणस्थलको टुंगो लगाउने बताए ।

    उनले अहिलेसम्म निर्माणाधीन मुलपानी क्रिकेट रगंशाला पनि निकै उपयुक्त देखिए पनि अन्य स्थानहरुको पनि अवलोकन गरिरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...