News Portal

  • डा. गोविन्द केसी साधारण तारेखमा रिहा : फन्दामा परे प्रधान न्यायाधिस पराजुली

    अनलाइनपर्दा संवाददाता
    ९२८ पटक

    काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधिशमाथि नै गम्भीर प्रश्न उठाएका डा. गोविन्द केसी रिहा भएका छन् । उनलार्इ साधारण तारेखमा रिहा गर्दै सर्वोच्चले बरु उल्टै आफ्नै प्रधानन्यायाधिशमाथि डा. केसीले उठाएका प्रश्नबारे छानविन गर्न उनीसँग सम्बन्धित डकुमेन्ट झिकाएको छ । पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र समेत झिकाएर त्यसबारे अध्ययन गर्न सर्वाेच्चले आदेश दिएको छ ।

    अदालतको अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासनबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

    डा. केसीका कानुन व्यवसायी डा. सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नु भन्ने कुरा आदेशमा उल्लेख गरिएको छ।

    सर्वोच्चको आदेशमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रधानन्यायाधीश गोपाल पराजुलीले लिएका नागरिकताको प्रतिलिपि झिकाउन र न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु पनि झिकाउन आदेश जारी गरिएको छ।

    सँगै बुधबारको आदेशमा प्रा.डा शशी शर्मा विपक्षी रहेको त्रिवि कुलपति तथा प्रधानमन्त्री समेत रहेको मुद्दामा गत पुस २३ गते आइतबार भएको फैसला झिकाउन पनि आदेश भएको छ । साधारण तारिखमा सार्वोच्चबाट रिहा भए लगत्तै केसीलाई अस्पताल लगिएको छ ।

    अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरे । यता डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका थिए।

    अदालतको अवहेलना गरेको भन्दै प्रहरीले डा. केसीलाई त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जबाट सोमबार राति पक्राउ गरेको थियो। अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि केसीलाई प्रहरीले अनसनस्थलबाटै सोमबार राति पक्राउ गरेको हो।

    प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनसन बसेका डा केसीलाई अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट महानगरीय प्रहरी परिष्र काठमाडौंको टोलीले पक्राउ गरेको थियो । डा केसीलाई सोमबार राति महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो। मंगलबार बिहान ९ बजे केसीलाई अदालतमा उपस्थित गराइएको थियो। सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएपछि बुधबार दिनभर बहस भएपछि उनको मुद्दाको फैसला भएको हो।

    न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सोमबार अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो।

    प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले आदेश दिएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले आदेश दिए लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले सोमबार १४ औँ पटक अनसन घोषणा गरेका थिए। उनले सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरे लगत्तै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा सर्वोच्चले पक्राउ आदेश जारी गरेको थियो।

    डा. केसीले न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍एको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबारै सर्वोच्चमा अवहेलना मुद्दा प्रतिवेदन दिएका थिए।

    सोही आधारमा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान नौ बजे सर्बोच्चमा हाजिर गराउन आदेश दिएको थियो। मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए।

    सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न आइतबार परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका थिए। उनले पाँच बुँदे माग अघि सारेर अनसन सुरु गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...