News Portal

  • रामेछाप बस दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ७०३ पटक
    भक्तपुर, २१ असार २०७९

    रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।

    घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङका अनुसार बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो । गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

    प्रहरी प्रमुख थिङका अनुसार घटनास्थलमा मृत्यु हुनेमा सुनापति गाउँपालिकाका समरिता तामाङ, ठूला तमाङ, खडक विक, कमला तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदीप गजमेर रहेका छन् । अरु २ जनाको सनाखत हुन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...