News Portal

  • एक सातामै गयो अस्पताल अध्यक्षको पद

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०८०
    १८८६ पटक
    भक्तपुर, ३ जेठ २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हालेका बेला गरिएको एक राजनीतिक नियुक्ति नेपाली कांग्रेसका स्वास्थ्यमन्त्री आउने वित्तिकै बदर गरिदिएका छन् । डडेल्धुराका लक्ष्मण सिंहले नियुक्ति पाएको एक साता पनि नवित्दै नियुक्ति गुमाउन पुगेका हुन् ।

    नेपाल सरकारको मातहतमा सञ्चालन हुने गरि केन्द्रिय स्तरको अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणलाई नेपाल सरकारले मनोनित गरेको थियो । नेपाल सरकार प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरीय निर्णयले वैशाख २३ गते उनी अध्यक्ष पदमा मनोनित भएका थिए । अध्यक्षमा नियुक्त भएको तिन वर्ष अर्थात २०८३ वैशाख २२ गते सम्म तिन वर्षको कार्यकाल रह्ने गरी उनलाई नियुक्ति दिइएको थियो ।

    त, उनको नियुक्ति एक सातासम्म पनि टिक्न सकेन । कांग्रेसका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा आएका मोहनबहादुर बस्नेतले उनको नियुक्ति एक सातामै बदर गरिदिए । लक्ष्मणको नियुक्ति बस्नेतले आजकै मितिदेखि बदर गरेका हुन् ।

    डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताल सुदुरपश्चिमकै ठुलो मेडिकल कलेज सञ्चालन गर्ने लक्ष सहित स्वास्थ्य विज्ञान डिनको कार्यालय डडेल्धुरामा स्थापना गरिएको अस्पताल हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...