News Portal

  • ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर पोष्ट संवाददाताभक्तपुर, २८ फागुन २०७७
    १२९६ पटक
    भक्तपुर, २८ फागुन २०७७

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिएकी छन् ।

    एसपी थापाका अनुसार पक्राउ पर्नेमा दोलखा बैतेश्वर–६ घर भइ बालकोट बस्ने वर्ष ३२ का सुमन घिमिरे र सोही ठाउँका ३७ वर्षीय विनोद तामाङ रहेका छन् ।

    प्रहरीले बुधवार साँझ विशेष सूचनाका आधारमा पेप्सिकोलबाट सानोठिमी पुग्दै गर्दा गाडी चालक विनोद तामाङलाई गाडीमा पक्राउ गरेको र उनले चलाएको बा २१ च ३८३९ नम्बरको निलो गाडीमा चेकजाँच गर्दा नगद २७ लाख भेटिएको बताइएको छ । पक्राउ परेका चालकले दिएको सूचनाका आधारमा प्रहरीले अर्का व्यक्ति सुमन घिमिरेलाई १५ लाख ३० हजार नगदसहित पक्राउ गरिएको पनि जनाएको छ । पेप्सिकोलाबाट पक्राउ परेका घिमिरेलाई बालकोटस्थित डेरामा लग्दा सो रकम फेला परेको र उक्त रकमको स्रोत नखुलेको प्रहरीले जनाएको हो ।

    घिमिरेले जुवा तास खेल्ने र खेलाउने काम गरेर उक्त रकम जम्मा पारेको प्रारम्भिक अनुसन्धान बाट  बुझिएको प्रहरीले बताइएको छ । घिमिरेको साथबाट विभिन्न व्यक्ति तथा संस्थाले उनको नाममा दिएका करिव ३८ लाख रुपैयाँको ६ थान चेक पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    भक्तपुर प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाले अवैध रुपमा जुवातास खेलाइरहेको भन्ने सूचना पाएपछि परिसरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी खोजी कार्य हुँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...