News Portal

  • गाईगोरुको अवैध तस्करी : स्थानीय चिन्तित

    अनलाइनपर्दा संवाददाता
    ९१८ पटक

    सिन्धुली । अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो ।

    तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा गाई, गोरु सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर भारतीय बजारमा पु¥याउँदै आएका छन् ।

    वार्षिक रुपमा ८७ हजार भन्दा बढीको संख्यामा गाई तथा गोरु तस्करी हुँदै आएकोे छ । एउटा बुढो गाईको २ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । रातिको समयमा सिन्धुली हुँदै तराईतर्फ गाईगोरु तस्करी हुने गरेको स्थानीय बताउँछन् । यस्ता गाईगोरु भारतमा पुर्‍याउने गरिएको छ ।

    नेपालमा बुढा भएका गाइगोरु बिक्री गर्न पाइँदैन । तर तस्करहरुले प्रशासनको आँखा छलेर यस्ता गाईगोरु संकलन गरी मासुका लागि भारतीय बजारमा पुर्‍याउने गरेको बताइएको छ । स्थानीयबासीले भने तस्करी नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएको आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...