News Portal

  • सम्पादकीय : ‘रअ’मा जोडिन चाहनेहरुलाई उन्मुक्ति दिनु हुदैन

    घिमिरे संजीप 'शुभचिन्तक'१ माघ
    २१४८ पटक
    १ माघ

    देशमा बढ्दो बेरोजगारीले आजित बनेका युवाहरु अरबको खाडीमा पसिना बगाएर खुशी खोजिरहेछन तर एकथरी भने देशभित्रै रहेर पनि देशभक्ति लिलाम गर्न लालाहित देखिएका छन । भारतकाे गुप्तचर संस्था ‘रअ’काे एजेन्ट बन्ने ध्याउन्नमा नेपालमा केहि मान्छेहरु हात धोएर लागिपरेको खुलासा भएसंगै हाम्रो देशभक्ति प्रति प्रश्नहरु पैदा भएका छन ।

    भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को एजेन्ट बन्ने लोभमा पैसासमेत खुवाएको घटना सार्वजनिक भएसंगै नेपालीको शीर शरमले निहुरिएको छ । उक्त खुफिया एजेन्सीमा एजेन्टकाे काम लगाइदिने भन्दै लाखौ ठग्ने मध्येका ६ जना शनिवार प्रहरीद्वारा पक्राउ परेसंगै देशप्रेम बारे पनि अनेक प्रश्नहरु देखापरेका छन ।

    पक्राउ पर्नेमा राजविराज घर भइ हाल महाराजगञ्ज बस्दै आएका ४१ वर्षीय रमानन्द नौनिया, दोलखा घर घइ काठमाडौंको मण्डिखटार बस्दै आएका २८ वर्षीय सन्तोष कार्की, ज्ञानेश्वर बस्दै आएका ३० वर्षीय बिनोद कार्की, काभ्रे घर भइ बौद्ध बस्दै आएका ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछाप घर भइ कपन बस्दै आएका २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र महाजगञ्जकी ३२ वर्षीय गिता महर्जन छिन् ।

    उनीहरुले ६० जना मानिसलार्इ ठगेकाे प्रहरीले जनाएकाे छ । रअको एजेन्ट बन्न प्रतिव्यक्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ उठाएको खुलेको छ । पीडितले दिएको उजुरीका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर ठगहरु संगै ठगिनेहरु लाइ पनि अनुसन्धानको दायरामा ल्याउन भने प्रहरी चुक्नुहुदैन ।

    हरेक देशवासीमा हुनुपर्ने पहिलो गुण नै देशभक्ति हो । देश सानो- ठुलो , धनी -गरिब, बिकसित-अविकसित जे भए पनि देशभक्ति त्यो भन्दा माथि हुन्छ । देशभक्ति नभएका वा कम भएकाहरु देशमा बस्न योग्य हुदैनन् । यदि उनीहरु लाई नजर अन्दाज गरियो भने देशको हाल बेहाल बनाउनमा उनीहरुले कुनै कसर बाकी राख्ने वाला छैनन् ।

    भारतीय खुफिया एजेन्सीमा काम गर्न खोज्ने हाम्रा युवाहरुको ‘क्याटागोरी’ के हो ? उनीहरुले अन्जानमा यस्तो सोच बनाए वा नियोजित रुपमै देश भाडमा जाओस व्यक्तिगत लाभ लिहालौ भन्ने सोचेका हुन् , प्रहरीले अनुसन्धान गर्नुपर्दैन ? एजेन्ट बन्न पैसा खुवाउने अनि पैसा फसेपछि प्रहरी गुहार्नेहरुले पहिले नै ‘भारतीय खुफिया एजेन्ट हु ‘ भन्दै हिड्नेहरुको सूचना दिनुपर्दैन ? जासुसको जागिर खान पैसा खुवाउनेहरुले भारतको जासुस बन्नु हुदैन भन्ने हेक्का राख्नु पर्दैन ?

    त्यसो त इतिहासमा ठुला ठुला ओहोदामा रहेकाहरु पनि अरु देशको जासुस रहेको पाइन्छ । महाशक्तिशाली भनिएको अमेरिकामा समेत खुफिया एजेन्सीका प्रमुख कर्मचारी नै रुसको एजेन्ट भएको इतिहास छ । तर , कुनैपनि देशमा यस्ता जासुसहरुलाई उन्मुक्ति दिएको इतिहास देखिदैन ।

    नेपालमा भएको जासुसी एजेन्सी रास्ट्रिय अनुसन्धान बिभाग जागिरे मानसिकताबाट माथि उठ्न सकेको छैन । प्रधानमन्त्री / गृह मन्त्री वा बिभाग प्रमुखहरुको आसेपासे भर्ती केन्द्र बाहेक यो नातिजामुलक सस्था बन्न सकेको छैन तर भारतीय जासुसी सस्था ‘रअ’ को कथा अर्कै छ । बंगलादेश लाई पाकिस्तानबाट टुक्र्याउने योजनामा यो सफल भएको इतिहास छ । कुनै जमानामा स्वतन्त्र सिक्किम लाई ‘रअ’ कै योजनामा भारतमा बिलय गराइएको बिश्वास गरिन्छ । भारत पाकिस्तान युद्धको बेला यसले पाकिस्तानको मुख्य न्युक्लियर प्रयोगशाला पत्ता लगाउनुको साथै सरकार र सेनाबीचको सम्बाद पनि लिन सक्ने सामर्थ्य राखेको थियो जो पाकिस्तानको पराजयको कारण मानिन्छ ।

    त्यसो त नेपालका ठुला नेता र कर्मचारीहरु नै ‘रअ’ को एजेन्ट भएको चर्चा हुनेगर्छ । राजनीतिक दलका योजना, नीति र कार्यक्रम बुझ्न दलहरु भित्र ‘रअ’ का एजेन्टहरुले पद ओगटिरहेको कुरा कहिले काही दलभित्रकै असन्तुष्टहरुले ओकल्नेगर्दछ्न । नेता र कर्मचारीको सन्ततीलाई छात्र वृत्तिमा भारत पठाएर शुरु भएको ‘रअ’ गाउमा एम्बुलेन्स देखि खानेपानीको पाइप , स्कुल /अस्पताल भवन , बाटोघाटो हुदै योग शिविर र विभिन्न परियोजनाको नाममा समेत झाङ्गिएको बताइन्छ तर पनि यसलाई नजर अन्दाज गर्दै आइएको छ । जसले गर्दा नेपाल दलदलमा फस्दै गैरहेको आभाष आम नेपालीमा आउनु अन्यथा होइन । हामी सबैलाई थाहा छ ‘रअ’ हाम्रो देशको लागि राम्रो होइन यसकै कारण भारतले सानो सानो कुरामा पनि हस्तक्षेप बढाइरहेको छ । ‘रअ’ का हाकिम हरुको कमिसनको चक्करमा हुने ब्रिफिंगले भारत माइक्रो म्यानेज गर्ने तह सम्म ओर्लिने गरेको कुरा पनि जानिफकारहरू बताउने गर्दछन ।

    ‘रअ’ के असनमा छोडिएको साढे हो ? यसले नेपालमा गर्ने गतिबिधि रोक्न किन सक्दैन राज्य ?’ रअ’ को एजेन्ट बन्न किन लालाहित भए हाम्रा युवाहरु, उत्तर खोज्नु पर्दैन ? महाशक्तिशाली भनिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीबाट अमेरिकालाई सुरक्षा खतरा रहेको निष्कर्ष निकालेका छन । ‘रअ’ को एजेन्ट बन्न चाहनेहरुबाट नेपाललाई खतरा छ कि छैन , सम्बन्धित निकायले यसको उत्तर दिन जरुरी छ ।

    अन्त्यमा, जे भयो राम्रै भयो । युवाहरु ठगको फेला परे । उनीहरु देश बिरोधी गतिविधिमा संलग्न हुन पाएनन । अब, कम्तिमा उनीहरुलाई नागरिक हुनुको अर्थ पढाओस प्रहरीले ताकी भ्रमित युवाहरुले बुझुन नेपाली भएर बाच्नुपर्छ बिदेशीको जासुस भएर होइन , पसीना बगाएर हास्नु पर्छ बिदेशीको पाल्तु बनेर होइन । भनिएकै छ ‘ देशभक्ति त मर्दैन , चुत्थै देश भएपनि ….’ हाम्रो देश त सबैभन्दा श्रेष्ठ छ । जसले सधै गर्व गरेको छ आफ्ना सन्ततीहरुप्रति । हामी सबैले थप गर्न सकेनौ भने पनि कम्तिमा यो गर्व कायम राखौ ।

    ( घिमिरे संजीप ‘शुभचिन्तक’ इभक्तपुर डटकमका सम्पादक हुन् । )

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...