News Portal

  • ताराखसे पोखरी : ईतिहास छ, पानी छैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ पुस २०७९
    १९९७ पटक
     भक्तपुर, ४ पुस २०७९

    नाम ताराखसे पोखरी तर पानी छैन । पहिले जहिल्यै पानी हुन्थ्यो । सुख्खाका कारण विगत २० वर्षयता उक्त पोखरीमा पानीको थोपै छैन । आफ्ना पुर्खाको भनाइअनुसार करिब २ सय ५० बर्षअघि तारा खसेर बनेको उक्त खाडलमा पानी जमेपछि उक्त पोखरी बनेको थियो ।

    ८० वर्षीय दीपबहादुर कार्कीका अनुसार तारा खसेर बनेको पोखरी भएकाले त्यस खाडललाई स्थानीयले ताराखसे पोखरीको नामले चिन्ने गरेका छन् । ‘जिल्ला सदरमुकाम रामेछाप हुँदा त्यहि बाटो हिँड्नेले पोखरीको सङ्लो पानी खाने गरेको म आफैँले देखेको थिएँ‚’ कार्की भन्छन्‚ ‘हिमगंगा‚ साँघुटारतिर व्यापारको सामान बोकेर हिँड्ने भरियाले पोखरीकै आसपास खाना बनाएर खाने गर्थे । पोखरी जंगलको बिचमा रहेकाले स्थानीयले फोहोरमैला गर्ने मौका पाउँदैनथे । गाइबस्तु चराउन जानेले पनि त्यहिँको पानी खाएर तिर्खा मेटाउँथे ।’

    साविक ओख्रेनी गाविसका पूर्वअध्यक्ष चन्द्रबहादुर खड्काले ताराखसे पोखरीलाई ठूलो बनाउने भन्दै डोजर लगाएपछि पोखरीमा परापूर्व कालदेखि जम्मा भएको पानी चुहियो । फेरि जम्मा नै भएन । पोखरीलाई विस्तार गर्दा पानी अडिएको भाग काटियो, विस्तार भएको क्षेत्रमा धाँधर (छिद्र) भेटिएकाले पानी जम्मा गर्न नसकिएको वडाअध्यक्ष समिर कार्कीले बताए । कार्कीका अनुसार २०६५ सालपछि पोखरीमा अलिकति पनि पानी छैन ।

    ऐतिहासिक उक्त ताराखसे पोखरी झन्डै १ हजार ८ मिटर उचाईमा रहेको छ । उक्त पोखरीमा पानी भरेर पर्यटकीय स्थानको रुपमा विकास गर्ने योजना रामेछाप नगरपालिकाले अघि सारेको छ । नगरपालिकाले करिब १३ करोड रुपैयाँको लागतमा डीपीआर निर्माण भएको छ । तर‚ डीपीआरबमोजिमको काम गरेर पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना भने अझै अलपत्र छ ।

    कार्कीका अनुसार रामेछाप नगरपालिकाले करिब २९ लाख रुपैयाँ खर्चेर पोखरीको वरिपरी पर्खाल लगाएको छ । अब झन्डै ६० लाख रुपैयाँ खर्चिने हो भने पोखरीमा पानी जम्मा गर्न सकिने अवस्था रहेको कार्कीले बताए । झन्डै ३ मिटर गहिरो उक्त पोखरीमा पानी जमाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई जलविहारको व्यवस्था गरेर आकर्षित गर्ने योजना रहेको कार्कीले बताए ।

    ताराखसे पोखरी क्षेत्र त्यसै पनि सौन्दर्यले भरिएको छ । हरियाली जंगलको बिचमा रहेको उक्त स्थानबाट महालङ्गुर हिमश्रृंखला प्रस्ट देखिन्छ । गर्मी मौसममा धेरैको रोजाइमा पर्ने उक्त क्षेत्रमा वनभोज खाने, पर्यपर्यटन गर्ने बढेका छन् । पोखरी नजिकै रहेको महादेवको मन्दिरमा समेत दर्शनार्थी बढेका छन् । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...