News Portal

  • सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा

    भक्तपुर, १६ पुस
    ३२२३ पटक
    भक्तपुर, १६ पुस

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी र लिपुलेक नेपालकै हो यो प्रश्न नै होईन, ‘मन्त्री बाँस्कोटाले भने, ‘बरु लिम्पियाधुराको कुरा दोस्रो विषय हो ।’

    भारतले दार्चुला स्थित नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि सरकारले ईतिहासमै पहिलो पटक भारत सरकारलाई कुटनीतिक नोट पठाएको बताउँदै मन्त्री बाँस्कोटाले भारतबाट समेत त्यसको सकारात्मक जवाफ आएको बताए । ‘सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो, ‘मन्त्री बाँस्कोटाले भने, ‘भारतबाट त्यस विषयमा सकारात्मक सम्बोधन भएको छ ।’

    ब्रिटिशकालिन समयदेखि जनगणना, विभिन्न मालपोत तिरोतारो लगायतका अन्य तथ्य प्रमाणबाट समेत कालापानी नेपालकै क्षेत्र भएको बताउँदै मन्त्री बाँस्कोटाले कालापानी नेपालको भएको दावि नभई हक भएको बताए । उनले महाकाली नेपाल भारतको सीमा नदी भएको बताउँदै अन्तर्राष्ट्रिय मान्यता अनुसार भारतले स्वीकार गर्नुपर्नेमा जोड दिए । ‘सार्वभौमसत्ता सबैको बराबर हुन्छ, ‘मन्त्री बाँस्कोटाले भने, ‘सीमा कचिङगल गरेर बस्नु कसैका लागि स्वीकार्य छैन् ।’

    सरकारले विभिन्न च्यानल प्रयोग गरेर भारतसंग रहेका सीमा विवाद हल गरिरहेको मन्त्री बाँस्कोटाले बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले प्रधानन्त्रीले चाहे, आवश्यकता अनुसार मन्त्रीपरिष्द समेत हेरफेर हुनसक्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...