News Portal

  • ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ जेठ २०७८
    १६७४ पटक
    भक्तपुर, २२ जेठ २०७८

    नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् ।

    सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोहितले(ङातापोल्हँ) पाँचतले मन्दिर र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताएका छन् ।

    कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकहरुबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्ने प्रष्ट पारे ।

    पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रुपमा रहेको बताउदै उनले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथाप्राविधिकहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिए ।

    योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण देशका मन्त्रालयहरु लथालिंग रहेको र कमिसनको चलखेल व्याप्त रहेको उनले आरोप लगाउदै सरकारमा गएका राजनीतिक पार्टीका कारण देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको बताए ।

    चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ भन्दै नेता बिजुक्छेँलेचुरे दोहनमा पूर्व र वर्तमान सरकारहरु जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट पारे ।

    नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताए । उनले दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्ने लगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास व्यक्त गरे ।

    वर्तमान राजनीतिक घटनाक्रमबारे अवगत गरादै उनले दुईतिहाई बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको हुँदा निर्वाचनको माध्यमबाट यिनीहरुलाई पराजीत गर्नुपर्ने जिकिर गरे ।जन्मको आधारमा नागरिकता दिने अध्यादेश माथि खेद प्रकट गर्दै उनले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश देशको हितविपरीत भएको भनेका छन् । काठमाडौं उपत्यका वरपर आधुनिक सहर निर्माण गर्ने भन्दै जथाभावी बस्ती विकास गर्नु गलत भएको बताउदै उनले सरकार सन्तुलित विकास विरोधीको रुपमा अगाडि बढिरहेको पनि बताए ।

    कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
    उनले भने, ”स्थानीय जनताको मौलिक सीप र प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएको पाँचतले मन्दिरले आधुनिक ज्ञान र प्रविधिलाई समेत चुनौती दिएको छ ।”

    उनले ङातापोल्हँ मन्दिर सबैको शान भएको बताउदै वर्षको लाखौं पर्यटक भक्तपुरका लिच्छवीकालीन र मल्लकालीन सम्पदाहरुको रसास्वादन गर्न भक्तपुर आउने गरेको स्मरण गरे । सोही क्रममा उनले मन्दिर जीर्णोद्धार समितिमा रहेर काम गर्नुहुने र सहयोगी भूमिका खेल्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

    भक्तपुर नपाको आह्वानमा नपाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माण तथा स्वास्थ्य उपकरणहरु व्यवस्था गर्नको लागि स्वतःस्फूर्त ढंगले आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको र सोको लागि पनि सहयोगी भूमिका खेल्ने सबैमा धन्यवादज्ञापन गरे । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल व्यवस्थित रुपमा छिटै सञ्चालनमा ल्याई जनताको सेवामा समर्पित रहने बताए ।

    कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रजनी जोशी,विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्की, प्रा.डा. सुदर्शनराज तिवारी,प्रा.डा. प्रेमनाथ मास्के,संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायतले पनि आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रम सञ्चालन वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले गरेका थिए भने उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले मन्दिर जीर्णोद्धारदेखिका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...