News Portal

  • पछाडी फर्कने बाटो छैन – अध्यक्ष प्रचण्ड

    इभक्तपुर संवाददाताकाठमाडौं, २ माघ
    ८२७ पटक
    काठमाडौं, २ माघ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताएका छन ।

    चौथो तारेभिर महोत्सवको सोमबार गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै उनले भने – “विकासका लागि राजनीति गर्ने अवसर आएको र नेपाली जनताले सोही प्रयोजनका लागि वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा जनमत दिएको छ ।”

    अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने र मुलुकलाई आर्थिकरुपमा सबल, सक्षम बनाउने लक्ष्यका साथ नेकपा(एमाले) र माओवादी केन्द्र संयुक्तरुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गएका कारण जनताले विश्वास गरेको स्पष्ट पारेका छन ।

    “पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेकाले अब पछाडि फर्कने कुनै पनि बाटो रहेको छैन्” उनले भने , “नेपाली जनताले पार्टी एकतालाई मतद्वारा अनुमोदन गरिसेकका छन् ।”

    अध्यक्ष दाहालले “नेपाली जनताले राजनीतिक स्थिरताको पक्षमा मतदान गरेका छन्, नेपाली जनताको मतलाई हामी सम्मान गरेर राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धि दिन तत्पर छौँ,” भन्दै नेपालको राजनीतिक इतिहासमा ७० वर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्ने र विकास पूर्वाधारका क्षेत्रमा नयाँ युगको सुरुआत हुने धारणा व्यक्त गरे ।

    केन्द्रीय सरकारबाट तारेभिर क्षेत्रको पर्यटकीय विकास र विस्तारका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने –“ स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार निर्माणको प्रक्रियामा आफूहरु रहेको र केही कानूनको अभावमा स्थानीय सरकार प्रभावकारी बन्न नसकेकाले छिट्टै प्रादेशिक सरकार बनाएर यसलाई सम्बोधन गरिने छ ।”

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...