News Portal

  • प्रदेश केन्द्र र प्रमुख तोकिदै,भक्तपुरको राजधानी बन्ने सपना समाप्त : यस्तो छ सरकारको तयारी

    इभक्तपुर संवाददाताभक्तपुर, २ माघ
    १००० पटक
    भक्तपुर, २ माघ

    काँग्रेस नेतृत्वको सरकारले आज प्रदेशको केन्द्र तोक्ने तयारी गरेको छ । प्रदेश नम्बर ३ को केन्द्रको रुपमा चर्चामा रहेको भक्तपुरको सट्टा ललितपुरलाई अगाडी सार्न लागिएको छ ।

    केन्द्रको बिषयमा नेताहरुको आ -आफ्नै अडान रहेको र केन्द्र निर्धारण बिबादरहित नहुने देखेपछि सरकारले मध्यमार्गी धार अपनाउन लागेको हो । प्रदेश राजधानी प्रदेश सभाले तोक्ने बिषय भएको र यसमा बिबादमा नपर्ने प्रधान मंत्री शेर बहादुर देउवाको सोच अनुरुप उच्च अदालत भएका शहरहरुलाई नै अस्थायी केन्द्रको रुपमा अघि सारिएको श्रोतले बताएको छ ।

    ”उच्च अदालत राख्ने निर्णय गरेको ठाउमै प्रदेशको अस्थायी केन्द्र तोकिने तयारी छ ।” श्रोतले भन्यो । सरकारले प्रदेश नं १ को मोरङ, प्रदेश २ नं को धनुषा, प्रदेश नं ३ को ललितपुर, प्रदेश नं ४ को कास्की, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को दीपालयमा उच्च अदालत राख्ने निर्णय गरेबमोजिम नै प्रदेशको अस्थायी मुकाम घोषणा गर्ने बताइएको छ ।

    निर्वाचन आयोगको ताकेता पछि सरकार अस्थाई केन्द्र तोक्न कस्सिएको हो । सरकारले आजै प्रदेश प्रमुख पनि तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवा यसका लागि सहमतीको नजिक पुगेको उनी निकट श्रोतले बतायो । दिउँसो साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्री परिषद् बैठकबाट सातवटै प्रदेशमा प्रमुख र प्रदेशको अस्थाई केन्द्र तोक्ने सरकारले तयारी गरेको छ ।

    अपडेट : प्रतिपक्षसंग सहमती गरेर लिएको निर्णय दिगो हुनसक्ने भन्दै प्रम देउवाले प्रतिपक्षसंग सहमतीको अन्तिम कसरत गरिरहेछन । सहमतिको लागि समय अपुग भएको भन्दै आज बोलाइएको क्याबिनेट बैठक सारिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...