News Portal

  • गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेको प्रदेश सभा यात्रा जेल यात्रामा परिणत

    इभक्तपुर संवाददाताभक्तपुर. २ माघ
    १६६६ पटक
    भक्तपुर. २ माघ

    गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेलाई अर्को दशा आइपरेको छ । उनी मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि सपथ नालिदै निलम्बनमा परेका छन ।

    सांसद दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाँय सुनाइएको छ । २०६४ सालमा तत्कालिन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले उनलाई ५ वर्षको जेल सजाँय सुनाएको हो । सर्वोच्चका न्यायाधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्ने फैसला गरेपछि मनाङ्गेको प्रदेश सभा यात्रा जेल यात्रामा परिणत हुन पुगेको हो ।

    काठमाडौं जिल्ला अदालतले २०६४ सालमा उनीसँगै जोडिएका गणेशलामा सहित ४ जनालाई सफाई दिएको थियो । तर नेपाल सरकार बादी बनेर मनाङ्गेविरुद्ध पुनरावेदन पुगेको थियो । त्यतिबेला नै ५ वर्षे जेल सजायँ पाएका मनाङ्गेको मुद्दामा सर्वोच्चले पुनरावेदनको आदेशलाई नै सदर गरिदिएर मनाङ्गेलाई सांसदबाट कैदी बनाइदिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...