News Portal

  • ३ नम्बर प्रदेशका १२ जिल्लाले भक्तपुर केन्द्र खोजेको सांसद बस्नेतको दावी

    इभक्तपुर संवाददाताभक्तपुर,५ माघ
    १०४१ पटक
    भक्तपुर,५ माघ

    भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन ।

    बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा स्व: स्फुर्त रुपमा जम्मा भएका स्थानीयहरुले सरकारले निर्णय सच्यानुपर्ने माग राख्दै सडकमा धर्ना दिदा यातायात अवरुद्ध हुन् पुगेको थियो । जिल्ला समन्वय समिति भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा प्रदेश राजधानी भक्तपुर हुनुपर्ने माग गर्दै आन्दोलन शुरु भएको हो ।

    सानोठिमी चोकमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, बुद्धिजीवी र स्थानीय बासिन्दाले सडक मै धर्ना दिई प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा विरोधपछि भएको कोणसभामा बोल्दै भक्तपुर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले आफैले खटाएको प्राविधिक टोलीको सिफारिससमेत लत्याएर अन्याय गरेको दावी गरे । ३ नम्बर प्रदेशका १२ जिल्लाले भक्तपुरलाई केन्द्र स्वीकार गरेको जिकिर गर्दै बस्नेतले देउवा सरकारले तोकेको प्रदेश कसका लागि भएको भन्दै प्रश्न गरेका थिए ।

    सरकारले गरेको निर्णय तत्काल नसच्याए आन्दोलनबाट सच्याउन बाध्य पार्ने बताउदै बस्नेतले भक्तपुरमा आन्दोलनको शुरुवात भएको उद्घोष गरे ।

    भक्तपुरले प्रदेश राजधानी माग्दै आन्दोलन शुरु गरिसकेकाले प्रधानमन्त्री, विभिन्न पार्टीका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, प्रतिनिधि तथा प्रदेश सदस्यसँग छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले जानकारी गराए । कार्यक्रममा जनप्रतिनिधिहरुका साथै दलका प्रतिनिधिहरु र बुद्धिजीवीहरुले भक्तपुरलाइ प्रदेश राजधानी बनाउन माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...