News Portal

  • सृजनानगरमा सडक दुर्घटनामा परि दोलखाका बस्नेतको देहान्त

    इभक्तपुर संवाददाताभक्तपुर, ५ माघ
    ६२५ पटक
    भक्तपुर, ५ माघ

    सिर्जनानगरमा गएराति भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेका छन ।

    बिहीवार राती ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको अवस्थामा उनी सवार मोटर साइकल अर्को ७०४६ नम्बरको मोटरसाइकल सहित एक ट्याक्सीको पछाडी ठोकिएको थियो । गम्भीर घाइते बस्नेतको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा सोही मोटरसाइकल पछाडि बसेका काभ्रे कोशीपारी-८ का केदार खनाल, ७०४६ नम्बरका मोटरसाइकल चालक दोलखा शैलुङ गाउँपालिकाका मनोज योञ्जन र रामेछापका धावा मोक्तान घाइते छन । घाइते सबैको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न तीनवटै सवारी साधनलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको  प्रहरीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...