News Portal

  • मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेबि संघको तालाबन्दी : क्याम्पस प्रशासनमाथि गम्भीर आरोप

    इभक्तपुर संवाददातामकवानपुर, ७ माघ
    १७३१ पटक
    मकवानपुर, ७ माघ

    मकवानपुर बहुमुखी क्याम्पस हेटौडाका बिद्यार्थीहरु क्याम्पस प्रशासनमाथि आक्रोसित बनेका छन । क्याम्पस हुनेखानेको लागि मात्र रहेको र गरीब बिद्यार्थीहरुमाथिको दायित्वबाट बिमुख भएको भन्दै बिद्यार्थीहरु आक्रोसित बनेका हुन् ।

    आर्थिक स्थिति कमजोर भएको कारण समयमै शुल्क बुझाउन नसकेका बिद्यार्थीहरुको बोर्ड परीक्षा छुटाउने नियतले परीक्षा फाराम नपठाएको आरोप बिद्यार्थीहरुको छ । उनीहरुले क्याम्पस प्रशाशनले बिद्यार्थीहरुमाथी अन्याय गरेको जिकिर गरेका छन ।

    स्नातक तह तेस्रो बर्षमा अध्यनरत केही बिद्यार्थीहरुले आर्थीक अवस्थाका कारण समयसीमा भित्र मासिक शुल्क बुझाउन नसक्दा क्याम्पसले परीक्षा फारम भर्न नदिएको बिद्यार्थी नेता रामकृष्ण सिवाकोटीले इभक्तपुरलाइ जानकारी गराए । क्याम्पस प्रशाशनले स्वेच्छाले आफ्नो फारम पठाएर आफुलाई फकाउन खोजेको तर आफुहरुको माग व्यक्ति केन्द्रित नभएर प्रक्रियासँग सम्बन्धित भएको नेता सिवाकोटीले बताए । तेस्रो बर्षका बिद्यार्थीहरुको मासिक शुल्क औसतमा रु एक हजार रहेको छ ।

    माओबादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) र नेपाली काँग्रेस निकट ने.बि.संघले आर्थिक स्थिति कमजोर भएकै कारण विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने क्याम्पस प्रशाशन बिरुद्ध मोर्चाबन्दी गरेका छन । परीक्षा फाराम छुटाएका सबै बिद्यार्थीहरुलाई परीक्षामा सामेल गराउन उनीहरुको माग छ ।

    यी दुई संगठन मिलेर क्याम्पसमा तालाबन्दी समेत गरेका छन । क्याम्पस प्रशाशन जिम्मेवार ढंगले प्रस्तुत हुदैन भने आन्दोलनको क्षतीको जिम्मेवार स्वयम् हुने उनीहरुले बिज्ञप्ती मार्फत चेतावनीसमेत दिएका छन ।

    यस सम्बन्धमा क्याम्पस प्रमुख बच्चुराम अधिकारी संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...