News Portal

  • गठ्ठाघरको बस स्टपमा सर्यो सिद्धार्थ बैंक

    इभक्तपुर संवाददाताभक्तपुर, ७ माघ
    ८४३ पटक
    भक्तपुर, ७ माघ

    सिद्धार्थ बैंकले गठ्ठाघरस्थित आफ्नो शाखालाई स्थानान्तरण गरेको छ । गठ्ठाघरको बस स्टेसनसंगै रहेको सुविधासम्पन्न भवनमा शाखा सारिएको हो ।

    आइतवार नयाँ भवनमा शाखाको शुभारम्भ समेत गरिएको छ । बैंकका गठ्ठाघर शाखाका व्यवस्थापक रोशन पराजुलीले इभक्तपुरसंग कुरा गर्दै नयाँ भवन पर्याप्त पार्किङ्ग र ग्राहकमैत्री वातावरणसहितको सुविधासम्पन्न भएको भनेका छन ।

    पराजुलीले नयाँ शाखामा सरेपछि आफ्ना ग्राहकहरुको ठाँउ साघुरो भएको भन्ने गुनासो समाप्त भएको दावी समेत गरे ।

    यो शाखा मार्फत बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
    यसैबीच सिद्धार्थ बैंकले सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा एकै साथ ४ वटा शाखा स्थापना गरेको छ ।

    हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८६ वटा शाखा, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...