News Portal

  • एमालेमाथि जाइलाग्यो काँग्रेस

    इभक्तपुर संवाददाताभक्तपुर, १० माघ
    १०२० पटक
    भक्तपुर, १० माघ

    नेपाली काँग्रेस जनमतको लागि नेकपा एमालेमाथि जाइलागेको छ । एमालेले बृद्ध भत्तालाई राजनीतिको हतियार बनाएको आरोप लगाउदै आएको काँग्रेसले उसकै एजेन्डा प्रयोग गरि प्रहार गरेको हो ।

    बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला पुरूष दुवै) सम्मलाई दिने निर्णय गरेको हो ।

    काँग्रेसले एमालेलाई माथ दिन यस्तो निर्णय गरेको हो । एमालेले प्रत्यक निर्वाचनमा वृद्धभत्तालाई भजाउदै मत माग्दै आएकोले एमालेको मुख बन्द गर्न काँग्रेस ले यस्तो निर्णय गरेको देउवा निकट स्रोतको दावी छ ।

    त्यसैगरी मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेर भुकम्प पीडितको मन जित्ने प्रयास गरेको छ। त्यतिमात्र होइन , सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ । देशमा ठुलो संख्यामा रहेका महिला स्वास्थ्य स्वंयमसेविकाहरुको लागि निर्णय गरेर देउवा सरकार रणनीतिक रुपले एमालेमाथि जाइलागेको हो ।

    सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको  छ ।

    प्रतिकृया दिनुहोस्

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...