News Portal

  • एकता नगर्ने दाउमा ओली , सकसमा प्रचण्ड

    इभक्तपुर संवाददाताभक्तपुर, १४ माघ
    १३०८ पटक
    भक्तपुर, १४ माघ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड संग आक्रोसित बनेका छन । आफ्नो पार्टी भित्र प्रचण्डले खेल्न खोजेको भन्दै उनी आक्रोसित बनेका हुन् ।

    गुट नै गुटको पार्टी भनेर पनि चिनिने एमालेमा अध्यक्ष ओली गुट बलियो मात्र छैन कि अरुलाई पेलेर अघि बढ्न सफल हुदै आएको छ । यस्तोमा प्रचण्डले अन्य गुटलाई पनि स्पेस दिएपछि ओली शशंकित बनेका छन । ”ओली कमरेड माओबादी केन्द्र आफ्नै वरिपरी होस् भन्ने चाहनुहुन्छ तर प्रचण्ड ओभर स्मार्ट बनिरहेको कारण शंका उत्पन्न भएको छ ।” ओली निकट एक नेताले जानकारी गराए ।

    प्रचण्डनिकट केहि अनलाइन पत्रिकाहरुले एमालेमा उनको प्रभाव बढेको बताएपछि पनि उनी झस्केका हुन् । प्रचण्ड हावी भए आफुहरुलाई अप्ठ्यारो हुने भन्दै उनी प्यानलका नेताहरुले चेतावनी दिएपछि ओली झन् अप्ठ्यारोमा परेको श्रोतको दावी छ । एकता बिरोधी हुन पनि नसकिने एकता गरौ आफैलाई काउसो होला जस्तो भो भन्दै उनले आफु निकटका नेताहरुलाई सान्त्वना दिदै आएको बताइएको छ ।

    खासगरी नेता बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीपक्षबीचको तिक्तताका कारण पार्टी एकतामा तगारो लागेको छ । नेपाल पक्ष प्रचण्ड पार्टीको स्वागत गर्न लालाहित भएको देखेर पनि ओली प्यानल दोधारमा देखिएको छ । नेपाल पक्षले प्रचण्डको साथ् पाए आफुहरुको दुखका दिन शुरु हुने भन्दै ओलीको कान भर्ने नेताहरुको कारण ओली दबाबमा रहेको देखिएको छ ।

    अध्यक्ष तहमा भएका गोप्य छलफलहरु प्रचण्डले अन्य नेताहरुलाई बताउने गरेकोले पनि प्रचण्डसंग दिल खोलेर कुरा गर्न सकिने अवस्था नरहेको ओली निकट एक नेताले बताए । प्रचण्डले आफुलाई भन्दा बढी नेता नेपाललाई नजिकको ठानेको थाहा पाएपछि प्रचण्डलाई पद बाँडफाँडबारे दिएको वचनबाट ओली पछि हटेका छन् ।

    माधव नेपाल प्रचण्डको पारिवारिक तहमै पुगेको ओलीले पछि मात्र थाहा पाएका हुन् । प्रचण्डले आफ्नो परिवारको सुख दुखको शेयर र सल्लाह गर्ने गरेका माधब नेपाल पार्टी एकता संगै पावरमा आउने कुरा थाहाँ पाएसंगै एकतालाइ आेलीले पचाउन सकेका छैनन् । उनी यतिबेला एकता नगर्ने बहाना खोजिरहेको स्रोतको दाबी छ । यता प्रचण्ड भने राजनीतिलाइ नै दाउमा राखेर एकताको रटान लगाइरहदा पनि एकता हुन नसक्दा सकसमा देखिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...