News Portal

  • राधे राधेबाट रंगेहात समातिए प्रहरी जवान

    इभक्तपुर संवाददाताभक्तपुर, १८ माघ
    १२०६ पटक
    भक्तपुर, १८ माघ

    महानगरिय प्रहरी प्रभाग दधिकोट, भक्तपुरमा कार्यरत प्रहरी जवान उमेशकुमार थापा अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिदालिदै उनी रंगेहात पक्राउ परेका हुन् ।

    प्रहरी कार्यालयमा परेको दुर्घटना सम्बन्धी उजुरी मिलाईदिने प्रयोजनको लागी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेस टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको कार्यालय टङ्गालबाट खटीइ आएको टोलीले थापा लाई रु.१८,०००।– (अठार हजार ) घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

    मध्यपुर थिमी नगरपालिका वडा नं.९ राधेराधेस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट थापालाइ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी गराएको छ ।

    अपडेट : यसरी भयो घटना

    गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए। यत्तिकैमा एउटा टिप्पर आयो। साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर’

    टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए। दुईबीच भनाभन भयो। रिसको आवेगमा ती प्रहरी जवानले टिप्परको ‘साइड मिरर’ फुटाइदिए। दुईबीच हात हालाहाल नै भयो। झगडापछि टिप्पर चालक उजुरी लिएर नजिकैको महानगरीय प्रहरी प्रभाग दधिकोट पुगे। आफ्नो २ लाख रुपैयाँ बराबरको क्षति भएको उनको दाबी थियो।

    प्रहरीले दुई पक्षबीच छलफल गरायो। ८० हजार रुपैयाँमा सहमति भयो। छलफलमा प्रभागका सईले गाडी तोडफोड गर्नेलाई नै अप्रत्यक्ष रुपमा सहयोग गर्दै सहमति गराएका थिए। छलफल गराउनेमा प्रभागका सिपाही उमेशकुमार थापा पनि थिए। आफूले पक्ष लिएर २ लाख तिर्नुपर्नेमा ८० हजारमै मिलाइदिएको भन्दै उनले त्यसवापत आफूलाई सहयोग गर्नुपर्ने भन्दै एमटी शाखामा कार्यरत सिपाहीसँग पैसा माग्न थाले। बारम्बार फोन गरेर पैसा माग्न थालेपछि उनी हैरान भएका थिए।

    पैसा माग्दै तनाव नै दिन थालेपछि उनले बिहीबार जवान थापालाई पैसा लिन बोलाए। पैसा दिनुअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना दिएका थिए। सोहीअनुसार पैसा लिएलगत्तै अख्तियारबाट डिएसपीको कमान्डका खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको राधेराधे नजिकैबाट पक्राउ गर्‍यो। प्रहरीसँगै घुस लिने प्रहरीलाई प्रहरीले नै पक्राउ गरेको सायद यो पहिलो घटना हो।

    ‘प्रहरीलाई नै त्यसरी धम्क्याएर घुस माग्ने प्रहरीले अरुलाई कति दुःख दिएका होलान्’, अख्तियारका एक अधिकारी भन्छन्, ‘यो सामान्य घटना हो, तर यसले प्रहरीभित्र रहेको भ्रष्टाचारको प्रस्ट तस्बिर देखाउँछ।’जवान थापा ४ वर्षदेखि सो प्रभागमा कार्यरत थिए। सो घटनामा प्रभागमा सईमाथि पनि प्रहरीले आन्तरिक छानबिन थालेको छ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...