News Portal

  • भक्तपुरमा ५ बर्षिया अबोध बालिकामाथि बलात्कार : यसरी भयो खुलासा

    बाबुराम दाहालभक्तपुर, २५ माघ
    १२८७ पटक
    भक्तपुर, २५ माघ

    भक्तपुर । जघन्य अपराध मानिने बलात्कारका घटना प्रहरी कार्यालयमा दर्ता हुन् थालेका छन । प्रहरी निश्कृयता र लोकलाजका कारण उजुरी गर्न नचाहने प्रवित्तिले अपराधीहरुको मनोबल बढिरहेको अवस्थामा अचेल धमाधम उजुरी पर्न थालेका छन् ।

    भक्तपुरको जगाती वृत्तमा  २ दिनमै बलात्कारका ५ उजुरी दर्ता भएको जानकारी प्राप्त भएको छ । जसमध्य एक ५ बर्षिया बालिकासमेत बलात्कारको शिकार भएको पाइएको छ ।

    कमलविनायक बस्ने ५ बर्षिय बालिकालाई माया गर्ने बहानामा ललितपुर महानगरपालिका–९ बुङमती घर भै कमलविनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङले बलात्कार गरेको बताइएको छ । बालिकाले आफ्नो साथीसंग खेल्दा साथी माथि चढेपछि अभिभावकले शंका लागि सोध्दा तामाङको सिको गरेको पुष्टि भएसंगै घटना बाहिर आएको हो । यसअघि बालिकाले पिसाव गर्दा दुख्ने बारम्बार बताइरहदा पनि अभिभावक यस बिषयमा अनभिज्ञ रहेका थिए भने उनले मेडिकल लगेर उपचार गराएका थिए ।

    तामाङले आफ्नो पप्पी सेममा उनको पप्पी सेम जोडेर माया गर्नेगरेको बालिकाले बताएपछि अभिभावक छाँगाबाट खसे झैँ भएको र उजुरी गर्न आइपुगेको प्रहरीले भनेको छ ।

    घटना दर्ता हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीले ललितपुर महानगरपालिका–९ बुङमतीका १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । अहिले अदालतबाट म्याद थप भै आवश्यक कारबाही अगाडी बढेको जगाती वृत्तले बतायो ।

    यसैबीच आरोपी तामाङका आफन्त र साथीभाइले उजुरी फिर्ता लिन दबाब दिएको देखिएको छ । उजुरी दर्ता गराएकी बालिकाको ६० बर्षिया अभिभावकले उजुरी फिर्ता नलिए ज्यान मार्ने धम्कि दिइएको दुखेसो व्यक्त गरेकी छिन् । ”पहिले पैसा दिन्छु मिलौ भने, मैले नमानेपछि ज्यान मार्ने धम्कि दिएका छन ।” इभक्तपुरसंग उनले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...