News Portal

  • बिद्यालयबाट फर्केको ६ बर्षे बालकलाई बाघले खाएपछि पुरै गुन्डु गाउँ नै शोकमा डुब्यो

    बाबुराम दाहालभक्तपुर, १ फागुन
    १८२२ पटक
    भक्तपुर, १ फागुन

    गएराती बाघको आक्रमणबाट ६ बर्षे बालकको दुखद मृत्यु भएको छ । सुर्यविनायक नगरपालिका-७ गुन्डु खहरेका सुनिल तामाङको ६ बर्षिय छोरा सिरिश तामाङको बाघको आक्रमणमा परि दुखद मृत्यु भएको हो ।

    साेमवार (सच्याइएकाे) साँझ बिद्यालयबाट घर फर्केका सिरिश अबेर सम्ममा पनि घर नपुगेपछि खोज्दै जाँदा रगतले लत्पतिएको अवस्थामा उनको कपडा देखेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खबर प्राप्त हुनासाथ जगाती वृत्तका प्रहरी नायव उपरिक्षकको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बालकलाई बाघको पन्जामा पाएका थिए । कसै गरेपनि बाघले बच्चालाई नछोडेपछि सूर्यविनायक ब्यारेकको नेपाली सेनासमेत परिचालन गरिएको थियो ।

    सेना , प्रहरी र स्थानीयले रातको करीब १२ बजे बाघलाई भगाएका थिए । बाघले खादै गरेको बच्चाको शव क्षत विक्षत् अवस्थामा बालकुमारी सामुदायिक बनमा पाइएको एक स्थानीयले जानकारी गराएका छन् । उक्त शवलाई भक्तपुर अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

    बाघको आक्रमणमा परी बिद्यालयबाट फर्केको बच्चाको मृत्यु भएपछी गुन्डु पूरै गाउँ नै यतिबेला शोकमा डुबेको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...