News Portal

  • नेकपाले दिउसै राख्यो भक्तपुरमा बम : जनजीवन भयभीत

    बाबुराम दाहालभक्तपुर, २ फागुन
    १६७४ पटक
    भक्तपुर, २ फागुन

    भक्तपुरको सृजनानगरमा अरनिको राजमार्ग संगै जोडिएको घरमा बम फेला परेको छ । व्यस्त सडकसंगै भेटिएको २ बटा शक्तिशाली बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

    पहिले लब्ली गार्मेन्ट भएको घरमा बम फेला परेको हो । उक्त घरको छतमा एनसेलको टावर भएकोले टावरलाइ लक्षित गरि विप्लव नेतृत्वको नेकपाले बम राखेको आसंका गरिएको छ ।

    एनसेलमाथि आक्रामक बनेको नेकपाले सोमबार राती उपत्यका लगायत देशभरका २ दर्जन टावरमा एकैचोटी आक्रमण गरेको थियो । अर्बैा राजश्व छलेको भन्दै नेकपाले एनसेल बिरुद्ध बिगतका बर्षदेखि नै आक्रमण गर्दै आएको छ । उसले नेकपाको आव्हानमा स्थानीयले एनसेल बिरोधी गतिबिधि गर्ने गरेको दावी गर्दै आएको छ ।
    भक्तपुरको व्यस्त सडक अरनिको राजमार्ग संगै दिउसै बम भेटिएपछि प्रशाशनको सुरक्षा चुनौती बढेको छ । बम डिस्पोज गर्दाको आवाजले मानिसहरु यतिबेला उक्त स्थानको वरिपरी झुम्मिरहेका छन् ।

    हाम्रो फेसबुक पेज लाइक गरेर तथा ट्वीटरमा फलो गरेर सामाजिक संजालमै पनि समाचार प्राप्त गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...