News Portal

  • भक्तपुरका उपमेयरहरु भन्छन् – आमाले जस्तै निष्पक्ष न्याय गर्छौ

    इभक्तपुर संवाददाताभक्तपुर, ८ फागुन
    १२७८ पटक
    भक्तपुर, ८ फागुन

    न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयरहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपमेयरहरुलाई समानतापूर्वक न्याय गर्न अभिप्रेरित गर्ने उदेश्यले समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका चारै उपमेयरहरुलाई न्यायको तराजु लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि रहेका भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधिस भोजराज शर्माले स्थानिय स्वायत्त शासन ऐन अन्तर्गत उपमेयरहरु केवल नामका मात्र न्यायिक जिम्मेवार नभएका कारण विशेष ध्यान पुर्वक आफ्नो जिम्मेवारी बहन गर्न अग्रसर रहनुपर्ने वताए । उनले अदालतवाट मात्र न्याय नभईकन विभिन्न किसिमका न्यायका लागि स्थानिय निकाय नै स्वयमले अर्ध न्यायिक निकायका रुपमा काम गर्नुपर्ने संविधानत: भएका कारण यसमा सवै उपप्रमुखहरु जिम्मेवार हुनुपर्ने जिकिर गरे ।

    कार्यक्रममा बोल्दै थिमी नगरपालिका , सुर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाका उपमेयरहरुले आफूहरुले आमाले आफ्ना सन्तानलाई जसरी नै न्यायको काम गर्ने बाचा गरेका थिए । आफूहरुले न्यायिक जिम्मेवारी आमाले जस्तै निस्पक्ष ढंगवाट निर्वाह गर्ने उनीहरुले दावी गरे ।

    यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दुर्गा फुयाँलले समाजवाद अध्ययन केन्द्रले विश्व न्यायिक दिवसका अवसरमा जिम्मेवार उपमेयहरुलाई न्यायको तुलो र सामग्री प्रदान गर्नु जिम्मेवारी बहन तथा कर्तव्य बोध गराउने एक ईकाईका रुपमा रहेको बताइन ।
    कार्यक्रममा कानुन आयोगका पुर्व अध्यक्ष बावुराजा जोशी ,पत्रकार महांसघ भक्तपुरका सभापति पुस्कर वुढाथाेकी लगायतको उपस्थिति रहेको थियो ।

    सच्याइएको : संस्थाका अध्यक्ष दुर्गा फुयाँलले समाजवाद अध्ययन केन्द्रले विश्व न्यायिक दिवसका अवसरमा जिम्मेवार उपमेयहरुलाई न्यायको तुलो र सामग्री प्रदान गर्नु जिम्मेवारी बहन तथा कर्तव्य बोध गराउने एक ईकाईका रुपमा रहेको बताए । 

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...