News Portal

  • होलीमा हो-हल्ला गरि हिड्ने ४४ जना भक्तपुर प्रहरीको फन्दामा

    इभक्तपुर संवाददाता
    ९४९ पटक

    फागु पुर्णिमा (होली) पर्वको अवसरमा हो हल्ला गरि हिड्ने ४४ जना प्रहरीको फन्दामा परेका छन । भक्तपुरका बिभिन्न स्थानबाट ४४ जना प्रहरीको फन्दामा परेका हुन् ।
    सार्वजनिक स्थलमा हो हल्ला गरि हिड्नेमा केहि महिलासमेत प्रहरीको नियन्त्रणमा परेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले जानकारी गराएका छन । शंकास्पद गतिविधिमा संलग्न भएकोले उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रसाइले प्रस्ट्याएका छन । उनीहरुबारे अनुसन्धान भैरहेको प्रहरीले भनेको छ ।
    त्यसैगरी भक्तपुर प्रहरीले ७७ मोटर साइकल नियन्त्रमा लिएको खबर प्राप्त भएको छ । फागु पूर्णिमामा सडक सुरक्षाको लागि खटिएका प्रहरीले ७७ मोटर साइकल नियन्त्रमा लिएका हुन् । ट्राफिक नियम उल्लंघन गरेका कारण यी मोटरसाइकल प्रहरीको नियन्त्रणमा परेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर...

    बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।...

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...