News Portal

  • चुनदेवीमा सडक दुर्घटना हुँदा भक्तपुरका १९ वर्षिय युवाको मृत्यु

    इभक्तपुर संवाददाताभक्तपुर, १९ फागुन
    २१०५ पटक
    भक्तपुर, १९ फागुन

    भर्खरै प्राप्त सूचना अनुसार छ लेन सडकको चुनदेवीमा सडक दुर्घटना हुँदा एक १९ बर्षका युवाको ज्यान गएको छ । दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

    दुर्घटनाबाट मृत्यु भएका युवा भक्तपुर नगरपालिका -५ का प्रमोद श्रेष्ठ भएको प्रहरीले भनेको छ । अन्दाजी बेलुकी ५:४५ बजेको समयमा दुर्घटना भएको हो । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जादै गरेका बा ९२ प ४६४ र बा ६१ प ४१५ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरीको दावी छ ।

    यता महानगरीय प्रहरी बृत्त जगातीमा इभक्तपुरले सम्पर्क गर्दा घटनाको बिस्तृत विवरण प्राप्त नभएको बताइएको छ । मृत्यु पुष्टि भएपनि कसरी दुर्घटना भयो भन्ने अनुसन्धान भैरहेको जगाती प्रहरीले जानकारी गराएको छ ।

    घटनास्थलमा दुई मोटरसाइकल भेटिएकोले ठोक्किएर दुर्घटना भएको आशंका गरिएको भएपनि मोटरसाइकलमा सवार अन्य ब्यक्तिहरु सम्पर्कमा नभएकोले खोजी भैरहेको र त्यस पछि मात्र यकिन भन्न सकिने जगाती बृत्तका एक प्रहरी अधिकारीले इभक्तपुरलाई जानकारी गराए ।

    अपडेट : दुर्घटनापछि फरार बा ६१ प ४१५ नम्बरका मोटरसाइकल चालक काभ्रे नमोबुद्धका कुल बहादुर खनाल फेला परेको र उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले जानकारी गराएका छन । 

     

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...