News Portal

  • ८ मार्च महिलाहरुमा समर्पित दिन : यस्तो छ यसको इतिहास

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ फागुन
    १९६५ पटक
    भक्तपुर, २५ फागुन

    आज अन्तराष्ट्रिय महिला दिवस । के तपाइलाई थाँहा छ यसको शुरुवात कसरी भयो ? आउनुस् अतीत तर्फ फर्कौ ।

    हरेक बर्ष ८ मार्च मा ‘इंटरनेशनल वुमन्स डे’ मनाउने गरिन्छ । दुनियाभरका महिलाहरु मात्र होइन सबै महिलाबादीहरुको लागि यो महान पर्व नै बन्ने गरेको छ । महिलाहरुले आर्थिक, राजनीतिक र सामाजिक लगायतको उपलब्घिहरु हासिल गरेको उपलक्षमा यो दिवस मनाउने गरिएको हो ।
    ‘वुमन्स डे’ को इतिहास

    महिला आन्दोलनको शुरुआत ८ मार्च १८५७ मा न्यूयोर्क बाट भयो । जब त्यहा महिलाहरुले टेक्सटाइल फैक्टरीहरुको बिरुद्धमा आंदोलन छेडे । उनीहरुले कम तलवको बिरोधमा र कामको सर्तहरुमा सुधार गर्न आग्रह गर्दै आन्दोलन गरेका थिए । त्यो आंदोलन प्रहरीको अत्यधिक अत्याचार र दमनको कारण अघि बढ्न सकेन । तैपनि महिलाहरु हरेश खाएनन र दुई बर्ष पछि फेरी उनीहरुले आफ्नो लेबर यूनियन बनाए र अधिकारको आन्दोलनमा अगाडी बढी नै रहे । यसै दिन सन् १९०८ मा न्यूयोर्कमा १५ हजार महिलाले प्रदर्शन गरेर काम गर्ने घण्टा कम गर्न , राम्रो तलव पाउन र निर्वाचनमा मताधिकार प्राप्त हुनुपर्ने लगायत माग राखे ।

    सन् १९०९ मा ‘वुमन्स डे’ को शुरुआत

    यो दिवस सबभन्दा पहिले २६ जनवरी १९०९ मा अमेरिकी सोशलिस्ट पार्टीको आह्वानमा मनाइएको थियो । पछि फरवरीको अन्तिम आइतवार यसलाई मनाउन लागियो । सन् १९१०मा सोशलिस्ट इंटरनेशनलको कोपेनहेगन सम्मेलनमा यसलाई ‘अंतर्राष्ट्रीय’ दर्जा दिइयो । त्यति बेला यसको प्रमुख मांग महिलालाई भोट दिने अधिकार दिलाउनु नै थियो ।किनभने त्यतिबेला महिलालाई भोटिंग राइट थिएन ।
    रूसी महिलाले सन् १९१७ मा महिला दिवसको अवसर पारेर ‘रोटी र कपड़fको लागि हड़ताल गर्ने फैसला गरे । यो हड़ताल पनि ऐतिहासिक थियो । यस पछि महिलालाई भोट दिने अधिकार पनि मिल्यो र यसैबेलादेखि ८ मार्चमा महिला दिवस मनाउन थालियो ।

    १९६० काे दशक

    पश्चिमी मुलुकमा अंतरराष्ट्रीय महिला दिवस १९१० देखि २० सम्म मनाइयो त्यसपछि यसमा ज्यादा जोश रहेन । १९६० को दशकमा एकपटक फेरी अंतरराष्ट्रीय महिला दिवसको जरूरत महसूस भयो ताकि महिलाहरुलाई सशक्त गराउन सकियोस । १९१७ को रूसी क्रांति तर्फ कदम बढ़ाउने वाला प्रदर्शन महिलाहरुको नै नाममा इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । त्यतिबेला देखि यतिबेलासम्म यो दिनलाई महिलाहरुकै नाममा समर्पित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...