News Portal

  • रोहित र सोमपाल चम्किदा नेपालको शानदार जित, एकदिवसीय मान्यताको बाटो खुल्यो : थप विवरण

    भक्तपुर, २८ फागुन
    १०८२ पटक
    भक्तपुर, २८ फागुन

    आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

    हंगकंगले पहिले ब्याटिंग गर्दै १५३ रन बनाएपछि नेपाललाई समुहको चौथो स्थानमा रहन ४५.१ ओभरमा १५४ रन बनाउनु पर्ने आवस्यकता थियो। ४०.४ ओभरमै खेल आफ्नो पक्षमा पारेपछि समुह ‘बि’ मा नेपाल चौथो र हंगकंग पाँचौ स्थानमा रह्यो। नेपालको जितपछि अफगानिस्तान सुपर सिक्स चरणको लागि छनौट भएको छ भने नेपालले अब प्लेअफमा समुह ‘ए’ को अन्तिम स्थानमा रहेको टिम पपुवा न्यु गिनीको १५ मार्चमा सामना गर्नेछ। हंगकंगले भने समुह ‘ए’ को चौथो स्थानमा रहने टिमको सामना गर्नेछ। अब नेपाल, हंगकंग र पपुवा न्यु गिनी मध्ये प्ले अफमा उत्कृस्ट हुने टिमले एकदिवसीय मान्यता पाउनेछ।

     १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गर्यो जुन क्रममा पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्ल र अनिल साहले ४१ रन जोडे। २६ रन ( ३६ बल, ५ चौका ) बनाएर अनिललाई ऐजाज खानले १० औं ओभरमा आउट गरेपछि भने नेपालले लागातर विकेट गुमायो।

    ज्ञानेन्द्र मल्ल १२ रन बनाएर ऐजाजको बलमा ऐजाजद्वारा समातिएपछि कप्तान पारस खड्का पनि ११ रन बनाएर तन्बिर अफजलको बलमा बोल्ड भए। त्यसपछि दिपेन्द्र ऐरी ( १२ ) र आरिफ शेख ( २ ) लाई पनि अफजलले पेभेलियन पठाउदा नेपाल २० औ ओभर सकिंदा ६६/५ को दयनीय स्थितिमा पुग्यो।

    त्यसपछि भने नेपालको इनिंग रोहित पौडेल र सोमपाल कामिले सम्हाले। छैठौं विकेटको लागि दुवैले ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित सम्म पुर्याए। रास्ट्रिय टिमको लागि व्यक्तिगत सर्वाधिक ४८ रनको इनिंग खेल्दै रोहितले अविजित ४८ रन बनाउने क्रममा ८६ बल खेल्दै ५ चौका प्रहार गरे भने सोमपालले पनि रास्ट्रिय टिमको लागि सर्वाधिक रन बनाउने क्रममा अविजित ३७ रन बनाउन ४० बलमा ५ चौका प्रहार गरे। फलस्वरुप नेपालले ४०.४ ओभरमा जित हाँसिल गर्यो।

    हंगकंग बलर ऐजाज खान र एहसान खानले २/२ विकेट लिए। रोहित पौडेल खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

    हंगकंगको ब्याटिंग 

    टस जिती पहिले ब्याटिंग रोजेको हंगकागले ४८.२ ओभरमा १५३ रनमै समेटिन पुग्यो।

    ६.२ ओभरमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। २४ रनको स्कोरमा हंगकंगले कार्टरको रुपमा आफ्नो पहिलो विकेट गुमाए पछि विकेट झर्ने सिल्सिला रोकिएन। ५३ रनको योगफलमा कप्तान बाबर हायात ( २० ) सोमपाल कामीको सिकार भए भने ५६ रनको योगफलमा हंगकंगले अन्शुमन राथलाई ( १ ) पनि गुमायो। ५८ रनको स्कोरमा साहिद वासिफलाई गुमाएपछि हंगकंग तनावमा देखियो।

    पाँचौ विकेटको लागि सिमंदीप सिंह र निजाकत खानका बीच २७ रनको साझेदारी भयो। ८५ रनको योगफल हुँदामा सिंह ( ३ ) आउट भए पछि पुन: हंगकंगकोविकेट गुमाउने सिल्सिला पुनः सुरु भयो । सर्वाधिक ४७ रनको योगदान दिएका ओपनर निजाकत खान आउट भए लगत्तै तनवीर अफ्जल र एजाज खान पनि पभिलीयन फर्किए। ९ औ विकेटका लागि एहसान नवाज र एहसान खान बीच ३२ रनको साझेदारी भयो। १५३ रनमा अल आउट हुने क्रममा एहसान खान अन्तिम विकेटका रुपमा आउट भएका थिए। खानले २१ रन बनाए ।

    नेपालका लागि उत्कृस्ट बलिंग गर्दै सन्दिप लामिछानेले १० ओभरमा ४ मेडन सहित १७ रन खर्चिदै ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले र करन केसीले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजबंशीको हातमा १ -१ विकेट पर्यो।

    Nepal vs Hongkong world cup qualifier 2018
    ( विकेट नेपालबाट लिइएको )
    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...