News Portal

  • आज अप्रिल फूल : यस्तो छ यस्को इतिहास

    इभक्तपुर संवाददाताभक्तपुर, १८ चैत
    ३२६४ पटक
    भक्तपुर, १८ चैत

    अप्रिल फूल भन्ने बित्तिकै झुक्याउने दिन भन्ने बुझिन्छ । अर्कालाई झुक्याएर मुर्ख बनाइयो भन्दै मजा लिने यो दिन एउटा अनौठो सस्कार बोकेको दिन पनि हो ।

    आफन्त र साथीहरुबीच दिल्लगी गरेर झुक्याउदा कतिपय सहज हुन्छन भने कतिपयले असहज अवस्था पनि सामना गर्नुपर्ने हुन्छ । पूर्वीय परम्परा नभएकोले अप्रिल फूलको स्मरण नगर्नेहरु यस दिन बेबकुफ बन्ने सम्भावना बढी रहन्छ भने झुक्याएको थाँहा पाएपछि उनीहरु रीसले चुर हुने गरेको दृश्यहरु पनि देख्न सकिन्छ ।

    तर बेबकुफ बनाउनेहरुले गम्भीर बिषयमा नझुक्याएर सामान्य बिषयमा झुक्याउने हुदा झुक्याएको थाँहा पाएपछि धेरै मानिसहरु रिसाउनुको सट्टा रमाइलो नै मान्छन । आफ्ना प्रियजनहरुको झुटको फन्दामा परिने यो अप्रिल फूल एउटा रमाइलो परम्पराको रुपमा स्थापित बनेको छ ।

    अप्रैल फूलको इतिहास पनि पूरानै छ । सन् १३९२ मा ब्रिटिस लेखक चॉसरले लेखेको किताब ‘द कैंटरबरी टेल्स’ मा भनिए अनुसार इंग्लैंडका राजा रिचर्ड द्वितीय र बोहेमिया की रानी एनी बीच बिबाह छिन्ने मिति भनेर ३२ मार्च, १३८१ को दिनलाई घोषणा गरिएको थियो । सबै उत्सुकताका साथ् त्यो दिनको पर्खाइमा थिए । तर त्यो दिन कुनै कार्यक्रम भएन । त्यो त् हल्ला मात्र भएको कुरा त्यसको भोलीपल्ट अर्थात अप्रिल फस्टमा मात्र मानिसहरुले थाँहा पाए । त्यसपछि उक्त दिन एक आपसमा झुट बोलेर मानिसहरुले राजाको टिकोटालोको खवरको मजाक स्वरुप दिल्लगी गरे । र, परम्पराकै रुपमा अप्रिल फूलको शुरुवात भयो ।

    एक अर्को कहावत अनुसार १७ औ शताब्दीमा यसको शुरुवात भयो । कहावत अनुसार १५६४ पहिले यूरोपको लगभग सबै देशमा एउटै क्यालेन्डरको प्रचलन थियो । जस अनुसार हर नया वर्ष पहिलो अप्रिल बाटै शुरू हुन्थ्यो । सन १५६४ मा राजा चा‌र्ल्स नवमले एक राम्रो कैलेंडर अपनाने आदेश दिए । यो कैलेंडर अनुसार १ जनवरीलाई वर्षको प्रथम दिन मानियो । धेरै मानिसले यसलाई अपनाए तर केहि केहि मानिस आफ्नो पूरानै अप्रिल १ लाई नया बर्षको पहिलो दिन मान्न छोडेनन् ।

    नँया क्यालेन्डर नअपनाउने यस्ता मानिसहरुलाई मूर्ख मानेर नँया कैलेंडर अपनाउनेहरुले उनीहरुलाई अप्रिलको यो दिनमा विचित्र प्रकारको मजाक गर्ने र झूठो उपहार दिने गर्न थाले । त्यतिबेलै देखि अप्रिल फूलले व्यापकता लिएको हो ।

    अप्रिल फूलसंग अरुपनि किंवदन्ती जोडिएका छन । धेरै पहिले यूनानमा मोक्सर नामक एक रसिक राजा थिए । एक दिन उनने सपानामा देखे कि कुनै कमिलाले उनलाई जिउदै निल्दैछ । बिहान उनको नींद टुटेपछि आफ्नै सपना सम्झेर उनी जोर-जोरले हास्न लागे । रानीले जब कारण थाँहा पाइन् उनी पनि त्यसैगरी हास्न थालिन् । राजाको पूरै दरवार हासोमा गुञ्जियो । त्यतिनै बेला एक ज्योतिष आएर भने , ” महाराज आजको दिनलाई आइन्दा यसरी नै हासेर व्यतित गर्नुपर्नेछ ।” त्यो दिन अप्रिल १ थियो र राजाले प्रत्यक साल उक्त दिन हासिमजाकमा बिताउने उर्दी जारे गरे ।

    एक अर्को किंवदन्ती अनुसार एक अप्सराले किसानसंग दोस्ती गरिन र भनिन् – ”यदि तिमी एक भाडो पानी एक ही सांसमा पिउछौ भने म बरदान दिन्छु ।” मेहनती किसानले तुरंत पानीको भाडो उठायो र सबै पानी पियो र वर माग्यो । अप्सराले भनिन , ” तिमी धेरै सोझो छौ । तिम्रो व्यवहारले तिमीले धेरै मानिसलाई हसाउन सक्नेछौ । तबदेखि किसानले मानिसहरुलाई यत्ति हसाउन थाल्यो कि हासोको पर्व नै बन्यो।

    चीनको एक लोककथामा बिश्वाश गर्ने हो भने धेरै पहिला सनन्ती नामक एक संत थिए । उनको दाह्री जमिन सम्म झुलेको धेरै लामो थियो । एक दिन त्यसमा अचानक आगो लाग्यो । सन्त बचाउ बचाउ भनेर उप्रिपाफ्री गर्न लागे । उनले उप्रिपाफ्री गरेको देखेर बच्चाहरुलाई रमाइलो लाग्यो । उनीहरु हास्न लागे । तक संतले श्राप दिदै भने ”म मर्दैछु तिमीहरु हास्दैछौ । म मरेको दिन तिमीहरु यसैगरी हासिराख ।” त्यो दिन अप्रिल १ थियो । सन्त सनंतीको इच्छा बमोजिम आजको दिन हास्ने दिन भएको हो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...