अप्रिल फूल भन्ने बित्तिकै झुक्याउने दिन भन्ने बुझिन्छ । अर्कालाई झुक्याएर मुर्ख बनाइयो भन्दै मजा लिने यो दिन एउटा अनौठो सस्कार बोकेको दिन पनि हो ।
आफन्त र साथीहरुबीच दिल्लगी गरेर झुक्याउदा कतिपय सहज हुन्छन भने कतिपयले असहज अवस्था पनि सामना गर्नुपर्ने हुन्छ । पूर्वीय परम्परा नभएकोले अप्रिल फूलको स्मरण नगर्नेहरु यस दिन बेबकुफ बन्ने सम्भावना बढी रहन्छ भने झुक्याएको थाँहा पाएपछि उनीहरु रीसले चुर हुने गरेको दृश्यहरु पनि देख्न सकिन्छ ।
तर बेबकुफ बनाउनेहरुले गम्भीर बिषयमा नझुक्याएर सामान्य बिषयमा झुक्याउने हुदा झुक्याएको थाँहा पाएपछि धेरै मानिसहरु रिसाउनुको सट्टा रमाइलो नै मान्छन । आफ्ना प्रियजनहरुको झुटको फन्दामा परिने यो अप्रिल फूल एउटा रमाइलो परम्पराको रुपमा स्थापित बनेको छ ।
अप्रैल फूलको इतिहास पनि पूरानै छ । सन् १३९२ मा ब्रिटिस लेखक चॉसरले लेखेको किताब ‘द कैंटरबरी टेल्स’ मा भनिए अनुसार इंग्लैंडका राजा रिचर्ड द्वितीय र बोहेमिया की रानी एनी बीच बिबाह छिन्ने मिति भनेर ३२ मार्च, १३८१ को दिनलाई घोषणा गरिएको थियो । सबै उत्सुकताका साथ् त्यो दिनको पर्खाइमा थिए । तर त्यो दिन कुनै कार्यक्रम भएन । त्यो त् हल्ला मात्र भएको कुरा त्यसको भोलीपल्ट अर्थात अप्रिल फस्टमा मात्र मानिसहरुले थाँहा पाए । त्यसपछि उक्त दिन एक आपसमा झुट बोलेर मानिसहरुले राजाको टिकोटालोको खवरको मजाक स्वरुप दिल्लगी गरे । र, परम्पराकै रुपमा अप्रिल फूलको शुरुवात भयो ।
एक अर्को कहावत अनुसार १७ औ शताब्दीमा यसको शुरुवात भयो । कहावत अनुसार १५६४ पहिले यूरोपको लगभग सबै देशमा एउटै क्यालेन्डरको प्रचलन थियो । जस अनुसार हर नया वर्ष पहिलो अप्रिल बाटै शुरू हुन्थ्यो । सन १५६४ मा राजा चार्ल्स नवमले एक राम्रो कैलेंडर अपनाने आदेश दिए । यो कैलेंडर अनुसार १ जनवरीलाई वर्षको प्रथम दिन मानियो । धेरै मानिसले यसलाई अपनाए तर केहि केहि मानिस आफ्नो पूरानै अप्रिल १ लाई नया बर्षको पहिलो दिन मान्न छोडेनन् ।
नँया क्यालेन्डर नअपनाउने यस्ता मानिसहरुलाई मूर्ख मानेर नँया कैलेंडर अपनाउनेहरुले उनीहरुलाई अप्रिलको यो दिनमा विचित्र प्रकारको मजाक गर्ने र झूठो उपहार दिने गर्न थाले । त्यतिबेलै देखि अप्रिल फूलले व्यापकता लिएको हो ।
अप्रिल फूलसंग अरुपनि किंवदन्ती जोडिएका छन । धेरै पहिले यूनानमा मोक्सर नामक एक रसिक राजा थिए । एक दिन उनने सपानामा देखे कि कुनै कमिलाले उनलाई जिउदै निल्दैछ । बिहान उनको नींद टुटेपछि आफ्नै सपना सम्झेर उनी जोर-जोरले हास्न लागे । रानीले जब कारण थाँहा पाइन् उनी पनि त्यसैगरी हास्न थालिन् । राजाको पूरै दरवार हासोमा गुञ्जियो । त्यतिनै बेला एक ज्योतिष आएर भने , ” महाराज आजको दिनलाई आइन्दा यसरी नै हासेर व्यतित गर्नुपर्नेछ ।” त्यो दिन अप्रिल १ थियो र राजाले प्रत्यक साल उक्त दिन हासिमजाकमा बिताउने उर्दी जारे गरे ।
एक अर्को किंवदन्ती अनुसार एक अप्सराले किसानसंग दोस्ती गरिन र भनिन् – ”यदि तिमी एक भाडो पानी एक ही सांसमा पिउछौ भने म बरदान दिन्छु ।” मेहनती किसानले तुरंत पानीको भाडो उठायो र सबै पानी पियो र वर माग्यो । अप्सराले भनिन , ” तिमी धेरै सोझो छौ । तिम्रो व्यवहारले तिमीले धेरै मानिसलाई हसाउन सक्नेछौ । तबदेखि किसानले मानिसहरुलाई यत्ति हसाउन थाल्यो कि हासोको पर्व नै बन्यो।
चीनको एक लोककथामा बिश्वाश गर्ने हो भने धेरै पहिला सनन्ती नामक एक संत थिए । उनको दाह्री जमिन सम्म झुलेको धेरै लामो थियो । एक दिन त्यसमा अचानक आगो लाग्यो । सन्त बचाउ बचाउ भनेर उप्रिपाफ्री गर्न लागे । उनले उप्रिपाफ्री गरेको देखेर बच्चाहरुलाई रमाइलो लाग्यो । उनीहरु हास्न लागे । तक संतले श्राप दिदै भने ”म मर्दैछु तिमीहरु हास्दैछौ । म मरेको दिन तिमीहरु यसैगरी हासिराख ।” त्यो दिन अप्रिल १ थियो । सन्त सनंतीको इच्छा बमोजिम आजको दिन हास्ने दिन भएको हो ।