News Portal

  • बैशाखबाट जिल्लाका यी १ दर्जन बढी सरकारी कार्यालय खारेज हुँदै

    इभक्तपुर संवाददाताभक्तपुर, २० चैत
    १२१६ पटक
    भक्तपुर, २० चैत

    संघीय संरचनाका कारण जिल्लास्थित धेरै सरकारी कार्यालय खारेज हुने भएको छ । यही महिनाको मसान्त बाट नै धेरै कार्यालय खारेज हुने भएका हुन् ।

    सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा अधिकार पुगेपछि धेरै कार्यालय खारेजीको अवस्थामा पुगेका हुन् । स्थानीय तहमा विकास निर्माणसम्बन्धी तथा समाजिक, आर्थिक र सांस्कृतिक तहका सबै कार्यालय समायोजन हुने भएका छन् ।

    शान्तिसुरक्षा, प्रहरी, सेना र न्यासँग सम्बन्धित बाहेक धेरैजसो जिल्ला कार्यालय खारेज हुनेछ र नयाँ बर्ष आरम्भ संगै ती कार्यालयहरु  संघीय सरकार मातहत स्थानीय तहमा समायोजन  हुनेछन् ।

    खारेजीमा पर्ने कार्यालयहरुः
    -मालपोत कार्यालय
    -नापी कार्यालय
    -भूमिसुधार कार्यालय
    -कृषि विकास कार्यालय
    -शिक्षा कार्यालय
    -पशुसेवा कार्यालय
    -वन कार्यालय
    -सिँचाइ कार्यालय
    -भूसंरक्षण कार्यालय
    -महिला विकास कार्यालय
    -जनस्वास्थ्य कार्यालय
    -सहकारी डिभिजन कार्यालय
    -खानेपानी कार्यालय

    अपडेट :खारेजीको लिस्टमा परेको जिल्ला शिक्षा कार्यालय भने तत्काल खारेज नहुने भएको छ । आजै बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले जिशिकाको आयु असार मसान्त सम्म थप गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...