News Portal

  • भक्तपुरको सल्लाघारीबाट २ युवक समातिए

    भक्तपुर, ३ जेठ
    ३४०९ पटक
    arrestभक्तपुर, ३ जेठ

    सार्वजनिक बसमा चोरी गर्दागर्दै २ युवकहरु समातिएका छन । भक्तपुरको सल्लाघारीबाट उनीहरु समातिएका हुन् ।

    बसमा श्रृजनानगरबाट व्यासी आउन चढेकी सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने बर्ष ३८ की लक्ष्मी कार्कीको साथमा रहेको ब्यागको चेन खोली नगद १३ हजार चोरेका चोरहरुलाई अन्य यात्रुहरुले समातेका हुन् । चोरी गर्दा गर्दै समातिनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. ५ स्थायी घर भई हाल पेप्सिकोलामा डेरा गरी बस्ने बर्ष २८ को कार्साङ्ग तामाङ र जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. ७ स्थायी घर भई हाल पेप्सिकोलामा नै डेरा गरी बस्ने बर्ष २४ को रमेश आचार्य रहेको प्रहरीले जानकारी गराएको छ ।

    बसमा रहेका यात्रुहरुले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरु उपर आज जवरजस्ती चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...