News Portal

  • डेरावालको रेकर्ड राख्नुपर्छ,जिल्लान्तर बसाइँसराइ रोक्नुपर्छ : विजुक्छे

    नेपालवाल संवाददाताभक्तपुर, ८ जेठ
    २६९५ पटक
    भक्तपुर, ८ जेठ

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहर अव्यस्थित हुनुमा अव्यवस्थित बसाइँसराइ प्रमुख कारक रहेको बताउदै सो रोक्न सुझाव दिएका छन । एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइ नरोक्दासम्म समस्या यथावत रहने उनको तर्क छ ।

    स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको बिशेष कार्यक्रममा बोल्दै नेमकिपा अध्यक्ष बिजुक्छेले उक्त कुरा बताएका हुन् ।

    “ बसाइँसराइको कारण फोहर र प्रदूषण मात्र होइन अपराधसमेत बढिरहेको छ ।” उनले भने ।
    शहरमा डेरावालको यकिन तथ्यांक नै नभएको भन्दै उनले प्रहरी प्रशाशनले त्यसको रेकर्ड राख्नुपर्ने भनेका छन् ।

    शहरमा आउनेजाने क्रम चल्दा त्यसले बिकाशको प्रक्षेपणमा प्रभाव पार्ने उनको जिकिर छ । केहि देशमा एउटा जिल्लाबाट अन्य जिल्लामा बसाइँसराइ गर्न नपाइने नीति भए जस्तै नेपालमा पनि त्यस्तो अभ्यास गर्नुपर्नेमा उनले जोड दिए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एक बर्षमा नगरपालिकाले गरेका कामको जानकारी गराउदै ५ बर्षमा समृद्ध शहरको सपना साकार हुने दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...