News Portal

  • टिपरले ठक्कर दिँदा तीनको ज्यान गयो

    नेपालवाल संवाददाताभक्तपुर, ९ जेठ
    १२०८ पटक
    भक्तपुर, ९ जेठ

    अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायकनगरपालिका -९ पलासेमा स्कुटरलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मध्यान्ह १२:३० बजे साँगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नं. को स्कुटीलाई सोही दिशाबाट आइरहेको बा. ३ ख. ६६७४ नं. को टिपरले ठक्कर दिदा स्कुटीमा सवार ३ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्कुटी चालक भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. १ लोकन्थली बस्ने बर्ष ५० को हरि बहादुर कटुवाल , स्कुटी पछाडी सवार जिल्ला दोलखा मेलुङ्ग ६ घर भई हाल भक्तपुर लोकन्थलीमा बस्ने बर्ष ३६ की सविता घिमिरे र मृतक सविता घिमिरेको छोरा नेपाल प्रहरी आवसिय उच्च माध्यमिक विद्यालय साँगा काभ्रेमा पढ्ने बर्ष १३ को अरविन घिमिरे भएको महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जनाए ।

    घाइते भई उपचारको लागी भक्तपुर अस्पताल लगिएका तिनै जनाको मृत्यु भएको भन्ने सम्बन्धित चिकित्सकले घोषणा गरेपछि शव आवश्यक कारवाहीको.अस्पतालमानै राखिएको बताइएको छ ।

    दुर्घटना गराउने टिपरका चालक भने फरार भएका छन् । उनको खोजी भैरहेको र दुवै सवारी साधन महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी गराए ।

    अपडेट : महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...