News Portal

  • संविधान संसोधनको माग छोडेर आर्थिक मुद्दामा ओर्लियो राजपा, राख्यो यस्तो माग

    काठमाडौँ, १० जेठ
    ९७५ पटक
    काठमाडौँ, १० जेठ

    राष्ट्रिय जनता पार्टीले बजेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे मागपत्र बुझाएको छ ।
    प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउँदै राजपाले जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न माग गरेको छ ।

    जनसंख्याको ठूलो हिस्सा तराई मधेशमा बस्ने भएपनि सरकारी वजेट र प्राथमिकतामा पर्न नसकेको भन्दै राजपाले मधेशको आर्थिक समृद्धिलाई ध्यानमा राखेर वजेट बनाउन प्रधानमन्त्रीको ध्यानकर्षण गराएको हो ।
    बाढीबाट प्रभावितहरुको अवस्था अहिले पनि दयनीय रहेको भन्दै राजपाले बाढी पिडितको मकान पुनर्निर्माण तथा पुनस्र्थापनालाई प्राथमिकता दिन पनि सरकारलाई आग्रह गरेको छ ।

    प्रधानमन्त्री ओलीलाई राजपा अध्यक्ष मण्डलका ५ जना नेताले विभिन्न आर्थिक मुद्दा समेटिएको ५ वुँदे ज्ञापनपत्र बुझाएका थिए ।

    ज्ञापनपत्रको पहिलो वुँदामा मधेशलाई विशेष महत्व दिएर जनसंख्याको आधारमा वजेट बनाउन आग्र गरिएको छ । वर्षा अगावै बाँध नियन्त्रणका लागि पर्याप्त वजेट, चुरे संरक्षणका लागि ड्याम निर्माण तथा कृषि र सिंचाईका लागि विशेष ध्यान दिन समेत राजपाले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेको ठूलो हिस्सा मधेशबाट भएको भन्दै यसलाई रोकेर स्वदेशमै रोजगारीको बाताबरण सृजना हुने गरि सम्वोधन गर्न समेत आग्रह छ ।
    राजपाको ज्ञापन पत्रमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने समेत उल्लेख छ । बंशजका आधारमा नागरिकता दिने कानूनी व्यवस्था मधेशका कतिपय क्षेत्रमा लागु हुन नसकेको भन्दै राजपाले कार्यन्वयनका लागि सरकारको ध्यानाकर्ष समेत गराएको छ । मुख्य दल र सरकारसंग हुने भेटवार्ताका क्रममा प्रायजसो संविधान संशाधनको मुद्दालाई उठाउने गरेको राजपाले पछिल्लो पटक भने आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राखेको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...