News Portal

  • जेष्ठ २४ देखि ‘लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता’ हुँदै

    प्रेमनाथ पाैडेलसर्लाही, १२ जेठ
    २१२२ पटक
    सर्लाही, १२ जेठ

    सर्लाहीको लालबन्दीमा यहि जेष्ठ २४ गते देखि लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । लालबन्दी नगरपालिका र जिल्ला फुटबल संघको आयोजना मा यहि जेष्ठ २४गते देखि असार २गते सम्म प्रतियोगिता हुन लागेको आज पत्रकार संम्मेलन मार्फत जानकारी गराएको हो ।

    राजर्षी जनक कप र सिमरा गोल्ड कप पछिको प्रदेश नम्बर दुईकै सर्बाधिक राशि रहेको फुटबल प्रतियोगिता लालबन्दीमा गर्न लागिएको हो ।

    प्रतियोगितामा प्रथम हुने टिम ले नगद ७ लाख, दोस्रो हुनेले नगद ३ लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गर्ने छ्न । त्यस्तै खेल अबधी भर उत्कृष्ट खेल प्रदर्शन गर्ने राईजिङ प्लेयरलाई २ लाख बराबरको बाईक र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५० हजार , उत्कृष्ट फर्वाड गोलकिपरलाई जनही नगद १५/१५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडिले नगद ५/५ हजार पुरस्कार हात पार्ने बताईएको छ ।

    आयोजकले प्रतियोगिता सम्पन्न गर्न ६८ लाख ५० हजार रुपैया लाग्ने अनुमान गरेका छन् भने खेल अबधी भरमा करिब ६० हजार दर्शकले खेलको अबलोकन गर्ने समेत अपेक्षा राखिएको छ ।

    उद्योग बाणिज्य संघ लालबन्दीको विशेष सहयोग र लाईन्स क्लबको सहआयोजनामा लालबन्दी ४ को फिल्ड मैदानमा असार २ गते सम्म प्रतियोगिता हुने र उक्त प्रतियोगितामा सर्लाही ११ र भारतको दार्जिलिङ्ग ११ सहित नेपाल का ए डिभिजन का १० टिमको सहभागिता रहने आयोजक एवम् जिल्ला फुटबल संघका उप महासचिव उज्वल कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका छ्न् ।

    जिल्ला फुटबल संघ का अध्यक्ष ठाकुर बहादुर सुस्लिङ्गको अध्यक्षता एवम् लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्काको प्रमुख आथिथ्यतामा गरिएको पत्रकार सम्मेलनमा नगरपालिकाकी उपमेयर शान्ती लामा ,उवा संघ का महासचिव कल्याण जोशी ,पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष अमन कोईराला ,होटल ब्यबसायी महासंघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जन लगायतले सर्लाहीका खेलाडी को हाैसला बृद्दी गराउनका साथै जिल्लाको पहिचान बनाउन समेत यसले सफल हुने विस्वास ब्यक्त गर्दै प्रतियोगिताको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...