News Portal

  • ‘इजी वे’मा लाइसेन्सको परीक्षामा नक्कली परीक्षार्थीको प्रयोग : भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, १६ जेठ
    ६०६२ पटक
    भक्तपुर, १६ जेठ

    सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने गरेको खुलासा भएको छ । भक्तपुर प्रहरीले ट्रायल परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ गरेसंगै उक्त खुलासा भएको हो ।

    बुधवार महानगरीय प्रहरी वृत्त ठिमीले ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थी समातेपछि ट्रायल परीक्षा पछाडिको पर्दा खुलेको हो । मध्यपुर ठिमी नगरपालिका – ९ राधे राधे स्थित इजी वे ट्रायल सेन्टरबाट २ नक्कली परीक्षार्थी समातिएका हुन् ।

    इजी वे ट्रायल सेन्टर प्रा लि मा जगाती स्थित यातायात व्यवस्था कार्यालयले स्थापना कालदेखि ट्रायल परीक्षा संचालन गर्दै आइरहेको छ । यस सेन्टरमा नक्कली परीक्षार्थी प्रयोग हुने गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा २ नक्कली परीक्षार्थी पक्राउ परेको महानगरीय प्रहरी वृत्त ठिमीले जानकारी गराएको छ ।

    प्रवेश पत्रमा भएको फोटो र उमेर नमिलेपछि आज ३: ३० बजेको समयमा २ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी वृत्त ठिमीका डीएसपी प्रज्वल श्रेष्ठले पुष्टि गरे । ”एकै दिन २ नक्कली परीक्षार्थी पक्राउ पर्नु संयोग मात्र नहुन सक्छ, यसमा गिरोह नै संलग्न भएको आशंकामा हामीले अनुसन्धानलाई महत्वकासाथ अगाडि बढाएका छाैं ।” उनले भने ।  डीएसपी श्रेष्ठका अनुसार नक्कली परीक्षार्थी प्रयोग गर्नेहरुको पनि खोजीकार्य भैराखेको छ ।

    पक्राउ पर्ने नक्कली परीक्षार्थीहरुमा सिन्धुली पोखरी- ५ स्थायी घर भएका २० बर्षिय टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा-१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धन कुमार ईङमान (लिम्बु) र भक्तपुर नगरपालिका- १० बस्ने बर्ष २० को सनिस श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिदै गरेको जिल्ला मोरङ लेटाङ गाउपालिका -८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राई रहेको प्रहरीले जानकारी गराएको छ ।

    यस अघि हिजो मंगलवार पनि ठिमी वृत्त बाट खटेको प्रहरी टोलीले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल- ६ का ५० बर्षिय प्रेम अधिकारीलाई लाईसेन्स बनाउन सहयोग गर्छु भनि रकम मागिरहेको सूचनाको आधारमा पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको जानकारी प्राप्त भएको छ ।

    निरन्तर खबरकालागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...