News Portal

  • भारतीय प्रहरीले कुटेपछि अमलेखगन्जमा आन्दोलन

    नेपालवाल संवाददातापथलैया, २१ जेठ
    १०४० पटक
    पथलैया, २१ जेठ

    नमूना फोटो

    पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ट्यांकरका चालकहरु आन्दोलित भएका छन । भारतीय ब्रहारीको ज्यादती बढेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

    आन्दोलित चालकहरुले बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेका छन् ।

    भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो ।

    आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै निगम अगाडि धर्ना दिएका छन् ।

    भारतीय प्रहरीको ज्यादती नरोकिएसम्म ट्यांकर लोड/अनलोड नगर्ने चालकहरुले बताएका छन् । निगमका उपप्रबन्धक रामहरि निरौलाले आफूहरु समक्ष कुनै औपचारिक माग नआए पनि चालकहरु आन्दोलित भएको भन्ने जानकारी पाएको बताए ।आन्दोलित पक्षसँग वार्ता गर्ने उनले बताउदै निरौलाले स्थायी समाधान खोजिने दावी गरे ।

    यस अघि पनि भारतीय प्रहरीले पटक पटक दुर्व्यवहार गर्दै आएको चालकहरुको गुनासो रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...