News Portal

  • चारदोबाटोको खाजाघरबाट आपत्तिजनक अवस्थामा ४ युवतीसहित संचालक समातिए

    नेपालवाल संवाददाताभक्तपुर, २९ जेठ
    ३१३९ पटक
    भक्तपुर, २९ जेठ

    भक्तपुर प्रहरी प्रमुखमा हिमालय श्रेष्ठको आगमन संगै प्रहरीले आफ्नो गतिबिधि तीब्र पारेको छ । लाइसेन्सको ट्रायल परीक्षामा प्रयोग भएका नक्कली परीक्षार्थी समात्न सफल भएको भक्तपुर प्रहरीले होटलको नाममा यौन धन्धामा संलग्नहरुलाइ समेत समात्न सफल भएको छ ।

    गएराती भक्तपुरको ठिमीबाट ४ युवतीहरु पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका – ४ चारदोबाटोमा रहेको गगनचुम्बी खाजाघरबाट युवतीहरु पक्राउ परेका हुन् ।

    युवतीहरु अनैतिक क्रियाकलापमा संलग्न हुनेगरेकोले पक्राउ गर्नु परेको प्रहरीको भनाइ छ । होटलमा केटी राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने सूचनाको आधारमा सोमवार राती प्रहरी छापा हान्न पुगेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न ब्राण्डका कण्डमहरुसमेत बरामद गरेको बताइएको छ ।

    अनैतिक कार्यमा संलग्न ४ जना युवतीसंगै खाजाघरका संचालक समेतलाई पक्राउ गरेको परिसरका प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी गराएका छन् ।

    मोरङ गोविन्दपुर घर भएका गगनचुम्बी खाजाघरका ५२ बर्षिय संचालकको साथबाट २१० ग्राम लागु औषध गाँजा समेत बरामद गरिएको छ । उक्त खाजा घर लागू आैषध र याैन क्रिडाको अखडा रहेको प्रहरीको आरोप छ । खाजा घरका संचालक र युवतीहरुमाथि थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरी निरीक्षक पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...