News Portal

  • भक्तपुर प्रहरीले पोख्यो घरेलु मदिरा : हेर्नुस् भीडीयो

    राजेशमान मानन्धरभक्तपुर, ३१ साउन
    ३७१७ पटक
    भक्तपुर, ३१ साउन

    भक्तपुर प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले चेकजाँचको क्रममा बिभिन्न मितिमा बरामद गरेको मदिरा बिहीवार नष्ट गरेको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयहरूले चेकजाँचको क्रममा कब्जा गरेको १ हजार ३ सय २० लिटर घरेलु मदिरा विहीवार परिसर हाताभित्र पोखेर नष्ट गरिएको थियो ।

    परिसर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठको निर्देशनमा उक्त मदिरा नष्ट गरिएको हो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ , जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी लगायत जिल्लाका अधिकांस पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

    मदिरा स्वास्थ्यका लागि जति खराव हुन्छ , त्यो भन्दा कयौ गुणा अवैध मदिराले खरावी गर्ने जानकारहरु बताउँछ्न् । यसले ज्यानको समेत जोखिम हुने हुनाले अबैध मदिराको कारोवारमा प्रहरीले कडाइको साथ् चेकजाँच गर्नेगरेको प्रहरीले दावी गरेको छ ।

    प्रहरीले जति नै कडाइ गरे पनि अवैध मदिरा बरामद हुने क्रम पनि रोकिएको भने छैन । यसमा प्रहरीको एकल प्रयासले मात्र नहुने भन्दै अवैध मदिराको कारोवारलाई निरुत्साहित गर्न बिक्रेता, उपभोक्ताका साथै सबैको सहयोग आवश्यक रहेको प्रहरीको भनाइ रहेको छ ।

    हेर्नुस् भीडीयो

    https://www.facebook.com/Nepalwall/videos/2550276781652924/

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...