News Portal

  • विद्यार्थी न्युन भएकोले छात्रबृत्ती दिने भक्तपुर नगरपालिकाको निर्णय

    अन्नपूर्ण केसीभक्तपुर, ६ भदाै
    ३१०१ पटक
    भक्तपुर, ६ भदाै

    विद्यार्थीले आफूले सिकेको ज्ञान र शिपलाई आफ्नै देश र समाजको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न क्षेत्रमा सफल विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि विदेश गए पनि त्यहाँंबाट सिकेको ज्ञान शिपलाई स्वेदशकै हितका लागि लगाउनुपर्नेमा जोड दिए ।

    ख्वप कलेज देकोचा भक्तपुरले उच्च शिक्षा पहुँंच र दृष्टिकोण विषयमा पूर्व विद्यार्थीसँंग बुधबार गरेको प्लानलिष्ट डिसकसन कार्यक्रममा सहभागी विद्यार्थीले जुनसुकै संकायमा पनि उतिकै स्कोप भएको भन्दै लहैलहैमा लागेर नभइ वुझेर विषय छनौट गर्न सुझाए । कलेजमा एमए अंग्रेजीको अध्ययन पूरा गरी हाल बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का अंग्रेजी शिक्षक राजन फेलू, पत्रकारितामा स्नातक गरी हाल अन्नपूर्ण मिडिया नेटवर्कको सम्पूर्ण साप्ताहिककी समाचारदाता श्रृजना खड्काले उच्च शिक्षाका लागि विदेशमा जाने र उही वस्ने प्रबृति उचित नभएको बताए । उनीहरुले भने, ”इच्छाशक्ति भए स्वदेशमै प्रसस्त स्कोप छ ।”

    प्लानलिष्टमा सहभागी कलेजका एमएसीका पूर्व विद्यार्थी राजु जति, अर्का एमएसीका सरिता लवजू, वीएसडव्लूका अस्मिता राई र शुशिला श्रेष्ठले उच्च शिक्षापछि एनजीओ, आईएनजीओमा जागिर गई राम्रो कमाउँंला भन्दा पनि समाज राष्ट्रकाे हितलाई ध्यान दिनुपर्ने बताए ।

    विद्यालयबाट बीएवीएसडव्लू व्याच २०७२ तथा बीएस्सी वातावरण विज्ञान र फिजिक्स व्याच २०७१ व्याचका विद्यार्थीलाई विदाई कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हरेक विषयको आआफनै महत्व भएको बताए ।

    देशको लागि आवश्यक विषयलाई ध्यान दिएर पढ्नुपर्ने विषयमा उनले जोड दिए । भक्तपुर नगरपालिकाले यसका लागि छात्रबृति दिन सुरु गरेको उनको दाबी छ ।  इतिहास, राजनीतिशास्त्र पढ्ने विद्यार्थी न्युन जस्तै भएको पाइएकाले भक्तपुर नगरपालिका क्षेत्रका विद्यार्थीलाई यी विषय अध्ययन गर्दा नगरपालिकाले छात्रबृति दिने निर्णय गरेको जानकारी गराए । यसका लागि कार्यविधि बनाउन सुरु भएको उनले बताए ।

    कार्यक्रममा कलेजका प्राचार्य रुपक जोशी, बीए वीएसडव्लू तथा एमए इन्चार्ज कमिनिका न्याईच्वाई लगायतले विद्यार्थीले आफ्नो लागि मात्र नभई समाजको लागिसमेत काम गर्नुपर्नेमा  जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...