News Portal

  • भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु

    नेपालवाल संवाददाताभक्तपुर, १० भदाै
    १९५६ पटक
    भक्तपुर, १० भदाै

    भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन ।

    भक्तपुर नगरपालिका- १० कमलबिनायकमा नाती प्रजापतीको बन्दै गरेको २ तले पक्की घरको छतमा काम गर्दै गर्दा करेन्ट लागेर बर्ष ५७ को रुद्र काफ्लेको मृत्यु भएको हो । शनिवार अन्दाजी ३ : ४५ बजेको समयमा घटेको थियो ।

    जस्ता राख्नको लागी फलामको पाईप उठाउने क्रममा पाईपले बिजुलीको तारमा छुँदा काफ्लेको ज्यान गएको प्रहरीले जानकारी गराएको छ । उनलाई उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा बाटोमै मृत्यु भई सकेको भनि सम्बन्धित चिकित्सकले घोषणा गरेको डीएसपी रेवतीरमण पोखरेलले जनाए ।

    काफ्लेसंगै करेन्ट लागेर घाइते भएका कमलविनायक नै बस्ने बर्ष ३८ का हिरा बहादुर खड्कालाई थप उपचारको लागी नेपाल आर्मी अस्पताल छाउनी काठमाण्डौ पुर्याइएको प्रहरीले जानकारी गराएको छ ।

    उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...