News Portal

  • पेशेवर चोरहरुको विगविगी : सृजनानगरमा एकसाथ् ३ पसल चोरीए

    नेपालवाल संवाददाताभक्तपुर, १८ भदाै
    २६४८ पटक
    भक्तपुर, १८ भदाै

    सूर्यविनायक-५ सृजनानगरमा एकसाथ् ३ पसलमा चोरी भएको छ । माहाकाली पेट्रोल पम्प पछाडि तज टोल जाने बाटोमा गएराती एकसाथ् ३ पसलमा चोरी भएको हो ।

    चोकमै रहेको लक्ष्मी खाद्यान्न स्टोर त्यसैगरी अनिल इन्टरप्राइजेज र एक शु सेन्टरमा सटर बंग्याएर पसेका चोरहरुले नगद मात्र चोरेर लगेका छन् । सबैभन्दा बढी लक्ष्मी खाद्यान्न स्टोरबाट चोरी भएको छ । पसलमा भएको १ लाख ५५ हजार चोरिएको संचालकले बताए ।

    चोरहरुले जगको प्रयोग गरि रडको सहायताले सटर बंग्याएर पसलमा पसी चोरी गरेको स्थानीयले जानकारी गराएका छन् । बिहानीपख अन्दाजी ३ बजेको समयमा संगठितरुपमा आएका चोरहरुको समुहले छानीछानी ३ पसलमा चोरी गरि फरार भएपछि सुरक्षाको बिषयलाई लिएर स्थानीय चिन्तित बनेका छन् ।

    सटरको आवाज आएपछि आफूले हल्ला गरेको र चोरहरु हेर्दाहेर्दै हाई- वे तर्फ भागेको लक्ष्मी खाद्यान्न स्टोरका संचालकले बताए । आफूले ३ चोर भाग्दै गरेको देखेको र तत्कालै प्रहीलाई खवर गरेको उनले जानकारी गराए ।

    घटना लगत्तै १० मिनेटमा प्रहरी उपस्थित भएको भएतापनि चोरहरु पक्राउ परेका छैनन् ।

    मालसामान र रिचार्ज कार्ड नचलाएका चोरहरु यस अघि पनि चोरीमा संलग्न भएका पेशेवर चोरहरु हुनसक्ने प्रहरीले बताएको छ । चोरहरुको खोजी कार्य भैरहेको र उनीहरु उम्कन नसक्ने प्रहरीको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...