News Portal

  • ठिमीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

    नेपालवाल संवाददाताभक्तपुर, ३ असोज
    २०५६ पटक
    भक्तपुर, ३ असोज

    मध्यपुर ठिमी नगरपालिका- ४ चारदोबाटोस्थित अरनिको राजमार्गमा सडक दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु  भएको छ । बाटो काट्ने क्रममा ८० वर्षिय जेष्ठ नागरिक स्थानीय जोगभक्त श्रेष्ठको ज्यान गएको हो ।

    भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७० प १६६५ नंवरको मोटरसाइकलले उनलाई बाटो काट्ने क्रममा ३ : ३० बजे ठक्कर दिएको थियो । गम्भीर घाईते भई उपचारको लागी नागरिक अस्पताल  पुर्याईएकोमा उनको ३:५५ बजेको समयमा मध्यपुर अस्पताल रिफर गरिएको र उपचारकै क्रममा ५ : ४५  बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको जानकारी प्राप्त भएको छ ।

    मोटरसाइकल चालक भारत बिहार घर भई हाल  बालकोट बस्ने बर्ष ३० को सम्लेश कुमार सिंहलाई महानगरीय प्रहरी वृत्त  ठिमीमा राखी थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...