News Portal

  • उपमेयरको घरमा दिनदहादै चोरी गरी फरार चार पक्राउ : भक्तपुरमै ९ चोरीमा संलग्न रहेको खुलासा

    राजेश मानन्धर भक्तपुर, ४ पुस
    १६९६ पटक
    भक्तपुर, ४ पुस

    एक महिना अघि भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यविनायक-८ स्थित नयाँ घरमा दिनदहादै चोरी गरी फरार भएको गिरोह प्रहरीको कब्जामा परेको छ । उपत्यकाका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।

    भक्तपुरमा भएको चोरीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका अभियुक्तहरुले समूह समूहमा भक्तपुरको ९ स्थानको चोरीमा संलग्न भएको बताए पछि उनीहरुको नाम सार्वजनिक गरिएको छ । उनीहरुले दिउसोको समयमा कोहि नभएको मौका पारि नगद तथा सुनका गरगहना चोरी गरि फरार हुने गरेका थिए ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए अनुसार पक्राउ पर्नेमा काभ्रे स्थायी घर भई हाल काठमाण्डौ अत्तरखेलस्थित नेपाल मेडिकल कलेज नजिक बस्ने बर्ष २९ को बिबेक भन्ने वाङदेन तामाङ र बर्ष २२ को बिकाश भन्ने सुमन लामा चोरका नाइके रहेको देखिएको छ भने उनीहरुको सहयोगीको रुपमा मोरङ केराबारी घर भई हाल चाबहिल बस्ने टेक बर्ष २३ को सन्तोष बि.क., भारत घर भई हाल चाबहिल बस्ने बर्ष २७ को सचिन भन्ने बैभव बापुसो भोसले लगायत पनि पक्राउ परेका छन । चोरीमा संलग्न थप ३ जना फरार रहेकोले निजहरुको खोजी जारी रहेको डीएसपी पोखरेलले जानकारी गराए ।

    पक्राउ परेकाहरुको साथबाट प्रहरीले सुनका गरगहना तथा गालेका सुनका टुक्राहरु:- अन्दाजी १६.५ तोला,सुनको सिक्का:- थान १,गालेका चाँदीका टुक्राहरु:- ४२ तोला,नगद उन्नाईस लाख अन्ठाउन्न हजार सात सय पचास नेपाली रुपैया त्यसैगरी भा.रू. पच्चीस हजार पाच सय रुपैया,फलाम काट्ने मेसिन:- थान १ तथा ऐ.को कटर ब्लेड थान ४,चोरी कार्यमा प्रयोग हुने औजार:- थान २,सुन राख्ने बट्टाहरु,रजनी जोशीको नामको गहना तथा सहकारीको रसिदहरु,तन्नाका टुक्राहरु:- थान २ गणेशको मुर्ति र शंख:- थान २ समेत बरामद गरिएको बताइएको छ ।

    एक महिना अघि भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको घरमा दिनदहाडै चोरी भएको थियो । जोशी भक्तपुर नगरपालिकाकी उपमेयर भए पनि उनको सूर्यविनायक‍- ८ मा रहेको घरमा चोरी भएको हो ।

    भूकम्पले भक्तपुर नगरपालिका स्थित घरमा असर गरेपछि सूर्यविनायक- ८ स्थित नयाँ घरमा जोशी परिवार सरेको थियो। अझै निर्माण सम्पन्न नभैसकेको उक्त घरमा मंसिर ४ गते मंगलवार दिनदहाडै चोरी भएको थियो ।

    मंगलबार दिउसै घरको मूल ढोका फोडेर भित्र पसेका चोरले नगद र गरगहना चोरेर बेपत्ता भएका थिए । उपमेयर जोशीले करीव १५ लाख बराबरको धनमाल चोरी भएको रिपोर्ट गरेकी थिइन् ।

    जनप्रतिनिधिकै घर असुरक्षित भएको भन्दै स्थानीयहरुले टोलको सुरक्षा अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका थिए । प्रहरीले बढ्दो चोरी नियन्त्रण गर्न नसकेको मानिसहरुको आरोप थियो ।
    उत्पत्यका नगरपालिका फोरमले बिज्ञप्ती नै निकालेर उपत्यका भित्रको सुरक्षा व्यवस्था तथा आम नागरिकको सुरक्षामाथि समेत प्रश्न चिन्ह खडा भएको भनेको थियो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरले भने चोरीमा संलग्नहरुको खोजी भैरहेको बताएको थियो । ‘’घर एकान्तमा भएकोले थाँहा हुन् सकेन , दिउसोको घटना प्रहरीलाई साँझ साढे ६ बजेतिर मात्रै खबर भयो । अहिले भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखा , टेकुबाट आएको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ, चोरीमा संलग्नहरु उम्कन सक्नेछैनन ।” महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डीएसपी रेवतीरमण पोखरेलले नेपालवाल संग भनेका थिए । जिल्लामा चोरीका घटना भएतापनि चोरहरु समात्न प्रहरी सफल भएको जिकिर गर्दै पोखरेलले चोरी नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको दावी गरेका थिए । अहिले चोरीमा संलग्नहरुलाई नगद र सुनचादी सहित समात्न प्रहरी सफल भएपछी उनको दावीमा दम देखिएको छ ।

    like our facebook page for news

    https://www.facebook.com/Nepalwall/

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...